आइतवार, भदौ १, २०८२
आइतवार, भदौ १, २०८२
  • होमपेज
  • प्रदेश
  • मुगु तामाखानी अन्वेषणमा सरकारको बेवास्ता

मुगु तामाखानी अन्वेषणमा सरकारको बेवास्ता

  • शुक्रबार, साउन ३१, २०८२
मुगु तामाखानी अन्वेषणमा सरकारको बेवास्ता

मुगु—मुगुम् कार्मारोङ गाउँपालिका—२ मुगु गाउँका ७५ बर्षिय आङग्याल लामाले प्राचिन डोल्फूको तामा खानीलाई अन्वेषण गरि उत्खनन गर्न सरकारले बेवास्ता गरेको गुनासो सुनाए ।संघीयता लागु भएपछि उक्त ताखा खानीले मान्यता पाउने र उत्खनन हुने उनको आसा थियो । देशमा संघीय सरकार संचालन भएको साढे ६ बर्ष सम्म सो तामाखानीको बिषयमा सरकारले पहल नै नगरेको उनलाई गुनासो छ । सरकारले मुगुको तामा खानीलाई बेवास्ता गरेको आङग्यालले भने तामाखानी उत्खनन गरि दिए रोजगार सृजना हुन्थ्यो
मुगुम कार्मारोङ गाउँपालिकाको–१ स्थित डोल्फू गाउँ देखि ५ घण्टा टाढा नाम्लाङ खोला क्षेत्रको पालाङजे, इटिङ र थोङवा भन्ने स्थानमा गरि तीन वटा ठाउँमा प्रचलित तामाखानी रहेको छ । उक्त तामाखानी डोल्फू कर्णाली नदी देखि करिव ३ हजार मिटर उचाइमा अबस्थित छ ।
जिल्ला सदरमुकाम गमगढी देखि तामा खानी सम्म पुग्न करिव तीन दिन मात्र लाग्ने गरेको छ । गत बर्ष झोलुङ्गे पुल क्षेत्र बिकास समितिले तामा खानी जाने डोल्फू कर्णाली नदीमा पुल समेत लगाई दिएपछि आउ जाउ गर्न झन सहज बनेको छ । पहिले स्थानीयले काठे पूल लगाएर तामा खानी पुग्ने गर्थे । ओझेलमा परेका खानीहरुलाई उत्खनन गर्ने भन्ने सरकारको नीति भएपनि यहाँको तामा खानी प्रति सरकारको ध्यान नजादा दल, जनप्रतिनिधि स्थानीय निरास बनेका छन ।
हाम्रो तामाखानी उत्खननमा प्रदेश र संघीय सरकारले किन चासो दिएन गाउँपालिका उपाध्यक्ष छिरिङ फुटिक लामाले भनिन खानी नै नभएको ठाउमा सरकारको ध्यान जान्छ हाम्रो प्राचिन ताखाखानी ओझेल पारिएको छ । उनले भनिन नाम्लाङखोला क्षेत्रमा पालाङजे, जताततै तामाखानी सरकारले वास्ता गर्दैन ।

पहिले डोल्फू गाउँका ५५ घरधुरीको स्थानीयले खानी बाट तामाका डल्ला निकालेर गाउँमा ल्याएर आगोमा पगालेर बिभिन्न भाडाकुडा बनाएर बेच्ने गरेको उनको भनाई छ । भारतको अल्मोडाको तामा भन्दा डोल्फूको तामा उत्कृष्ट देखिएको स्थानीय बताउछन ।बर्षातले पहिरो गएको स्थानमा झन रातै ढुंगा माटो देख्न सकिन्छ । आगोमा पलागेर निकालेको तामा बाट स्थानीयले ताउलो, गाग्रो, अनाज भर्ने माना पाथी, बनाएर जिल्ला बाहिर हुम्ला, जुम्ला,कालिकोट बाजुरा सम्म पु¥याएर बेच्ने गर्थे ।हिजो आज पनि मुगुको बिभिन्न गाउँ बस्तीमा डोल्फूको तामा खानी बाट बनेका तामाको भाडाहरु प्रयोग गरि रहेका छन सन १९७५ देखि सरकारले डोल्फूको तामा खानी उत्खननमा प्रतिबन्द लगाएको स्थानीयको भनाई छ ।मुगुम कार्मारोङ गाउँ पालिकाले पनि तामा खानी अन्वेषण गरि उत्खनन गरि दिने खानी तथा भुगर्भ बिभागमा लिखित तथा मौखिम रुपमा आग्रह गर्दै आएको छ ।
धेरै जिल्लाका खानीहरु उत्खननको लागि सरकारले प्रकृया अघि बढायो तर हाम्रो ताखीलाई वास्ता गरेन गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाको गुनासो छ ।

चर्चामा

सम्बन्धित समाचार