सोमवार, भदौ ९, २०८२
सोमवार, भदौ ९, २०८२
  • होमपेज
  • देश
  • मुुगुम कार्मारोङले प्रथम छायाँनाथ अल्ट्रम्याराथन आयोजना गर्ने

मुुगुम कार्मारोङले प्रथम छायाँनाथ अल्ट्रम्याराथन आयोजना गर्ने

  • मङ्लबार, भदौ ३, २०८२
मुुगुम कार्मारोङले प्रथम छायाँनाथ अल्ट्रम्याराथन  आयोजना गर्ने

मुगु—हिमाली जिल्ला मुगुको पूर्वी भेगमा अबस्थित मुुगुम कार्मारोङ गाउँपालिकामा पहिलो प्रथम छायाँनाथ अल्ट्रम्याराथनको भब्य आयोजना गर्न लागिएको छ ।
प्रशिद्ध तिर्थधाम छायाँनाथ को प्रचार प्रशार पर्यटकिय प्रर्बद्धन र ऐतिहासिक संस्कृति र जैबिक विविधताको संरक्षणको निम्ति पहिलो पटक छायाँनाथ अल्ट्रम्याराथ २०८२ को आयोजना गर्न लागिएको पालिका अध्यक्ष छिरिङक्याम्ने लामाले बताउनु भयो । बिशेष गरि यो म्याराथन धार्मिक रुपमा जोडिएको उहाको भनाई छ ।
सोही म्याराथन असोज ६ देखि ८ भित्र संचालन गरिने उहाको भनाई छ । उक्त म्याराथन आयोजनाको लागि सोमबार सिहदरबारमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको प्रमुख अथिथिमा जिल्लाका जनप्रतिनिधि दलका प्रमुख प्रतिनिधि पर्यटन ब्याबसायि सित छलफल तथा सुझाव संकलन गरिएको छ ।
प्रशिद्ध तिर्थस्थल छाया“नाथ उजागर गर्न र धार्मिक पर्यटकिय क्षेत्र संग जोड छायाँनाथ म्याराथन आबश्यक देखिएको कार्यक्रममा सहभागीहरुको भनाई रहेको छ । खेलक्षेत्रमा छाया“नाथ म्याराथन महत्वपूर्ण हुने वनमन्त्री शाहीले बताउनु भयो । पहिलो पटक जे जस्तो भएपनि खेल सफल बनाउन पालिकाको भूमिका अतुलनीय रहने उहा“को भनाई छ ।मन्त्री शाहीका अनुसार मुगुम कार्मारोङ गाउ“पालिकाले पहिलो पटक आयोजना गर्न लागेको म्याराथनले खेलाडी जगतलाई उत्साह र पर्यटन प्रर्बधन टेवा पुग्ने आसा गरिएको छ ।
म्याराथन क्षेत्रमा सहयोग गर्ने सबै निकाय सित समन्वय सहकार्य गर्न मन्त्री शाहीले पालिकालाई सुझाव दिनु भएको छ । ओझेलमा परेको छायाँनाथ क्षेत्रको प्रचार प्रशारमा म्याराथनको भूमिका महत्वपूर्ण रहने कांग्रेस नेता तथा पूर्ब शिक्षा राज्यमन्त्री हरुतबहादुर मल्लको भनाई छ । म्याराथनलाई परिणामुखी बनाउन जिल्लाबासीको सहयोग आबश्यक रहेको उहाको भनाई छ ।

छायाँनाथ  म्याराथनले कर्णालीलाई फाइदा पुग्छ पर्यटन ब्याबसायि राजु कार्कीले भने कार्मारोङ गाउ“पालिकालाई धेरै धेरै धन्यबाद छ यो आयोजना गर्न लागेकोमा । कर्णालीको सन्दर्भमा यो म्याराथन पहिलो हो कार्कीले भने छोटो समय छ यसलाई भब्य र सफल बनाउन सबैले हातोमालो गरेर अघि बढने जरुरी देखिएको छ । पालिका बाट छाया“नाथ म्याराथनलाई के कस्तो सहयोग गर्नु पर्छ म तयार छु खत्याड गाउ“पालिकाका अध्यक्ष अजबहादुर शाहीले बताउनु भयो । यो म्याराथन कार्मारोङले आयोजना गरेपछि सबै जिल्लाबासीले सहयोग गर्नु पर्छ उहा“को भनाई छ ।
छाया“नाथ म्याराथनमा बढी भन्दा बढी खेलाडीहरुको सहभागी बढाउन पालिकाले महत्वपूर्ण भूमिका खेल्नु पर्ने कांग्रेस युवा नेता खगेन्द्रबहादुर मल्लको भनाई रहेको छ । यो खेलमा मिडिया जगतको उल्लेखनीय सहभागी गराउन आबश्यक देखिएको मल्लले बताउनु भयो ।
म्याराथनको रेस
छायाँनाथ  म्याराथन ४२.२ किमी फुल म्याराथन रहने छ । २२६३ मिटर पुलू बजार देखि ४८.२० मिटर छाया“नाथधाम पुगेर चितै गाउ“ बाट पुलू पुग्ने गरिएको छ । सहभागी म्याराथन खेलाडी पूलु बाट दौडेर तिहारबगर, किम्री, परलोक हुदै छायाँनाथ  पुगेर त्यहा“ बाट फर्कि चितै गाउ“ भएर पुन पुलू पुगेर दौड अन्तिम हुने छ ।
प्राकृति सुन्दरता हरिया डाडा“पाखा हिमाली फूलको सुगन्ध अनुभव गर्दै खेलाडीहरु म्याराथन दौडिने छन । उक्त म्याराथनको लागि खेलाडी दौडिने लाइन दिइसकिएको छ । बाट मर्मतको लागि पालिकाले जनशक्ति परिचान गर्ने भएको छ । खेलाडी उक्त म्याराथन पुरा गर्न करिव ५ घण्टा लाग्ने अनुमान गरिएको छ ।
पुरस्कार
म्याराथनमा प्रथम हुने खेलाडीलाई ५ लाख नगद सहित मेडल, द्धितिय हुने खेलाडीलाई २ लाख ५० हजार नगद सहित मेडल, तृतिय हुने खेलाडीलाई १ लाख ५० हजार नगद प्रदान गरिने भएको छ । उक्त म्याराथनमा दौडिने स्थानीयबासीको लागि पनि पुरस्कारको ब्याबस्था गरिएको छ ।
जस अन्त्र्रगत पहिलो दोश्रो र तेश्रो स्थान हुने खेलाडीको लागि ५० हजार पुरस्कार रहेको छ । रजिष्टेशनको लागि बिदेशीलाई ५० डलर र स्वदेशीलाई २ हजार ५ सय रहेको छ । दर्ता रजिष्टेशन अनलाइन मार्फत गरिने भएको छ । मुगुम कार्मारोङ गाउ“पालिकाले छायानाथ म्याराथनको लागि यो चालु आर्थिक बर्ष करिव ३० लाख बजेट बिनियोजन गरेको छ । उक्त खेलको लागि करिव ६० लाख लाग्ने अनुमान गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार