
काठमाडौ —भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हिन्दुनारीको महानपर्व हरितालिका तीज पर्व आज खुशीका साथ मनाइदै छ । पशुपति क्षेत्रमा तीजको रौनक छाएको छ । सुरक्षा ब्याबस्था भरपर्दो बनाइको छ । पुजा आराधानको निम्ति पशुपतिनाथका चार वटै ढोका खुल्ला गरिएको छ । शहरी क्षेत्रमा मात्र नभए हिमाली क्षेत्रका महिलाहरु पनि नाचगाना गरि तीज पर्व मनाउने गरेका छन ।भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास रहि आएको छ ।