
फोटो सौजन्य चिकित्सक नहकुल शाही
मुगु–मुगु जिल्ला स्थित सोरु गाउँपालिका–८ की ३४ वर्षीया सुनिता बुढा साल अडकिए चौबिस घण्टा देखि अस्पतालको बेडमा तडपिरहेकी छन । सुत्केरी भएको चौबिस घण्टा भइसक्दा पनि अझै साल निकाल्न नसक्दा सुनीता अस्पतालको बेडमा छटपटाइरहेकी छन ।उनी घरमै सुत्केरी हुदा साल अडकिएर अत्याधिक रगत बगेर ज्यान जोखिम भएपछि उपचारको लागि हिजोराति जिल्ला अस्पताल पुरयाइएर भर्ना गरिएको छ ।
सुनीताको ज्यान बचाउन अस्पतालको चिकित्सक टोली खटिएको छ । ए पोजेटिभ रगत अभावले अडकिएको साल निकाल्न गाह्रो भएको चिकित्सकको भनाई छ ।सुत्केरी भएर साल अडकिएको लगभग चौबिस घण्टा भइसक्यो चिकित्सक नहकुल शाहीले भने रगत अभावले निकाल्न गाह्रो भइरहेको छ । सुनीताको ज्यान खतरा मुक्त छैन चिकित्सक शाहीले भने ए पोजेटिभ रगत चढाइरहेका छौ बिरामी बोल्ने चाल्ने छन ।शरिरमा रगतको मात्र पूर्ति भए अडकिएको साल निकाल्न सकिने चिकित्सकको भनाई छ । रगत अभावमै साल निकाल्न कोसिस गरयो भने बिरामीको ज्यान जान सक्ने चिकित्सक शाहीले बताए ।
मुगुको चार वटा स्थानीयतह मध्ये सोरु गाउ“पालिकामा बढी गर्भवती महिलाको ज्यान जोखिम देखिएको चिकित्सकको भनाई छ ।सोरु गाउपालिकामा अझै घरमै सुत्केरी हुने महिलाको संख्या न्यून हुन सकेको छैन । एक महिना अघि भीई गाउकी एक सुत्केरी महिलाको ज्यान गएर चिकित्सक शाहीले जानकारी गराएर । गर्भवतीलाई जब अप्ठेरो परिसकेपछि मात्र अस्पतालमा ल्याउने चलनले गर्दा उपचार गर्न गाह्रो हुने गरेको चिकित्सकको भनाई छ । नेपाल सरकारले दुर्गम तथा हिमाली जिल्लामा सुत्केरी हुन सकेका गर्भवतीलाई तत्काल उद्धारको लागि हेलिकप्टरको ब्याबस्था गरेको छ ।