बिहिबार, भदौ २६, २०८२
बिहिबार, भदौ २६, २०८२
  • होमपेज
  • समाज
  • कर्णालीमा हराउदै पुख्र्यौली घर

कर्णालीमा हराउदै पुख्र्यौली घर

  • बुधबार, भदौ १८, २०८२
कर्णालीमा हराउदै पुख्र्यौली घर

मुगुको लुम गाउ तस्विर क्यराभान खबर

मुगु—कर्णालीमा परम्परागत घरहरु हराउदै गएका छ ।पुराना प्रबिधिका घर भत्काएर नया“ सिमेन्ट जस्ता पाताले छाएका घर धमाधम बन्न थालेपछि पुख्र्यौली लोप हुन थालेका छनजिल्लामा सडक संजाल पुगेपछि शहर देखि सिमेन्ट फलामे छड इट्ट रंगीन जस्ता पाता ढुवानी गरेर पुराना घर भत्काउदै आधुनिक घर निर्माणको प्रतिस्पर्धा चलेको छ ।ढुंगाको देवाल, काठको ढोका झयाल रातो तथा सेतो माटोका गारो, माटामै घरको छत, छत वरिपरि पातलो ढुंगाको सिलौटा बिछाएर बनाईका पुख्र्यौली घर देख्न अब मुश्किल हुन थालेको छ ।अझै दुर्गम गाउ“बस्तीमा निगालो प्रयोग गरेर बनाइएका घर पनि हराउदै गएका छन । चाड पर्वको बेला सेतो कमेरा माटोले छिप्ने र पछि रातो माटोले रंगीन बनाउन भित्र बाहिर लिपपोत गर्ने चलन हराएको छछायानाथ रारा नगरपालिकाको भामबाडा, कार्कीबाडा, श्रीनगर, छत्यालबाडा, ढुम, पिना, माथितुम, तलितुम, साया“खोला, निगाले, हेन्नीका“ध, लगायत बस्तीमा पुख्र्यौली घरहरु हराउदै गएका छन ।
उक्त बस्तीहरुमा पा“च अघि सम्म कलात्मक एउटै प्रकारका पुख्र्यौली घरहरु देख्न पाइन्थ्यो भने हिजाआज रंगीन जस्ताले छाएको शहर प्रबृतिका घर मात्र देखिन थालेका छन ।

नगरपालिको भामबाडा, छत्यालबाडा र ढुम गाउ“ पुख्र्यौली घरको बाक्लो बस्तीको रुपमा चिनिने गरेपनि अचेल जस्तापाताले छाएका घरले भरिन थालेका छन । पुरा घर कसरी बचाउने भन्ने चुनौतीको बिषय बन्न थालेको नगरपालिकावडान–१ का वडाअध्यक्ष पदमराज मल्लको भनाई छ ।दुई बर्ष अघि सम्म करिव ३ सय भन्दा बढी घरधुरी रहेको भामबाडा गाउ“मा एउटा पनि जस्ताले छाएको घर थिएन उनले भने हिजोआज घर रंगीन जस्तामय बस्ती हुन थालि सक्यो ।जिल्लामा पुख्र्यौली घर हराउदै जा“दा एक सामाजिक अभियानकर्ता हिराबिजुली नेपालीले चिन्ता ब्यक्त गरेका छन ।अब पुख्र्यौली घर देख्न मुश्किल भई सक्यो उनले भने हाम्रा जिजु बाजेको पहिचान हराउदै गई सक्यो । गाउ“मा घुम्न आएका पर्यटकलाई के देखाउने पुख्र्यौली घर पहिरन धर्म सा“स्कृति लोप हुन थालि सक्यो उनले भने स्थानीयतहले पुख्र्यौली बस्ती संरक्षणमा जोड दिनु पर्ने बेला आएको छ ।

कणालीको भाषा धर्म सा“स्कृति रितीरिवाज रहन सहनलाई चिनाउने पुख्र्यौली घर हुन नेपालीले भने सिमेन्ट जस्ता पाताले छाएको घर बलियो भएपनि त्यसको पहिचान छैन ।घरको भुइतलमा गाई बस्तु भेडाबाख्रा राख्ने माथिल्लो तलमा परिवार सुत्ने अन्नपात धनसम्पति भण्डार गर्ने हिसावले बनाइएका पुख्र्यौली घर भत्काएर तल देखि माथि सम्म एउटै खालमा बनाउने गरेका छन । आधुनिक घर निर्माणले गर्दा पशु चौपाय बस्तुलाई समेत असर पर्न थालेको छ ।हिमालीबस्तीमा सिमेन्ट बनेको घर गोठमा गाई बस्तु राख्दा चिसोले बिभिन्न रोग देखा पर्न दुध घटदै जाने जिल्ला पशु सेवा कार्यालयको भनाई छ ।पुख्र्यौली घर भन्दा आधुनिक शैलीमा निर्माण गरिएका घर उच्च हिमाली बस्तीमा मानिसको लागि पनि उपयुक्त नहु“ने एक इन्जिनियरको भनाई छ ।

पुरानो माटोले बनेको घरमा हिमपात चिसोको बेला तातो हुने र गर्मीको समयमा चिसो हुने भएकोले पुख्र्यौली घर नै उपयुक्त हुने नगरपालिकाका इन्जिनियर बिक्रम शाहीले जानकारी गराए ।पुख्र्यौली घरको आयू २५ बर्ष हुने र पक्की घरको आयू ५० बर्ष हुने भएकोले उनको भनाई छ । ढुंगा माटो काठ प्रसस्त पाइने क्षेत्रमा शहरी बस्तु ल्याएर घर बनाउन राम्रो नहुने इन्जिनियरले सुनाए ।सिमित नगरपालिका क्षेत्रमा मात्र नभएर सडक संजाल पुगेको खत्याड गम्था, सेरी, श्रीकोट, रातापानी सोरु गाउ“पालिकाको सिम, गिलाहा तारापानी, मुगम कार्मारोङ गाउ“पालिकाको माग्री, छाइल बस्तीमा पुख्र्यौली घर लोप हुदै गएका छन ।गाडी जिपमा सिमेन्ट जस्ता पाता फलामे छड लिएर नया“ घर बनाउने गरेका छन । जता सडक उत्तै नया“ बस्तीले फडको मार्दै गएको र पुराना घर बिस्थापित हुदै गएका छन ।

करिव ३ सय भन्दा बढी बस्ती एकै स्थानमा रहेको माग्री गाउ“मा हिजोआज पुख्र्यौली घर ओझेलमा परेका छन । त्यहा“का जनजातिले यार्चा र ब्यापारको पैसाले पुख्यौली घर भत्काएर नया“ प्रबिधिका घर बनाउने होडबाजी जस्तै चलेको छ ।पुख्र्यौली घर बर्खाको बेला पानी चुहिने माटोले गर्दा दिनदिनै लिपपोत गर्नु पर्ने जस्ता झन्झटका कारण दिगोपनको लागि जस्ता पाताले छाएको घर बनाउनु परेको स्थानीयको भनाई छ ।पुराना कच्ची सिमेन्टले बनाएका घर पक्की नगरपालिका स्थित रुगा गाउ“का एक स्थानीयले भने गाउ“मा एक जनाले जस्ताले छाएको घर बनाएपछि सबैले रिस गरेर उस्तै घर बनाउने चलन बढेको छकरिव डेढ लाखमै बन्ने पुख्र्यौली घरहरु ८ देखि १० लाख सम्म खर्च गरेर नया“ डिजाईन घर बनाउन थालेका छन । पछिल्लो समयमा गमगढी बजारमा निजी घर कार्यालय भवन बनाउन समेत नेपालगञ्ज देखि इट्टा ल्याउन थालेका छन ।

एक चट्ट ढुंगाको मुल्य ८ हजार पर्ने गरेका छ भने एउटा इट्टा गमगढी बजार सम्म पुग्न करिव ३९ रुपैया“ पर्ने गरेको स्थानीयको भनाई छ ।सिमित घर काठ र ढुंगाले बनाइएका पुख्र्यौली देवी देवताका मठ मन्दिर भत्काएर सिमेन्ट र जस्तापाता प्रयोग गरेर बनाउन थालेका छन ।नगरपालिका भित्र पर्यटकिय स्थल रारा पर्ने र त्यहा“ घुम्न आउने पर्यटक गाउ“घरतिर डुल्न आउने भएकोले पुख्र्यौली बस्ती संरक्षणमा नगरपालिकाले जोड दिएको नगर प्रमुख बिष्णु कुमार भामको भनाई छ ।कर्णालीका पुख्र्यौली अबलोकन गर्न भनेर बिदेशी बाट पर्यटन आउने उनको भनाई छ । नगरले कर्णालीलाई पहिचान दिन सक्ने बस्ती बिस्तारको लागि अध्यायन समेत गरेको छ ।
जिल्लाको एक तथ्याङक जिल्लामा चार वटा स्थानीयतह ४५ वटा वडाहरु २ सय १९ वटा बस्ती १० हजार घरधुरी र करिव ६० हजार जनसंख्या रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार