शुक्रबार, भदौ २७, २०८२
शुक्रबार, भदौ २७, २०८२
  • होमपेज
  • समाचार
  • वसन्तपुरमा इन्द्रजात्राको रौनक

वसन्तपुरमा इन्द्रजात्राको रौनक

  • शनिबार, भदौ २१, २०८२
वसन्तपुरमा इन्द्रजात्राको रौनक

काठमाडौ —इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा आज इन्द्रजात्रा पर्व मनाएका छन । उक्त पर्वको अबसरमा बसन्तुरमा निकै रौनक देखिएको छ । हरेक बर्ष वर्ष भाद्र शुक्ल चतुर्ददशीका दिन पर्ने यो जात्रा बिशेष गरि काठमाडौँ हनुमान ढोका ललितपुर, भक्तपुर, धुलिखेलमा मनाइने गरिन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइए पछि मनाइने गरिन्छ । पइन्द्र जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी एक साता सम्म मनाउने चलन रहि आएको छ ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा आराधना गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको होयसअघि तान्त्रिक विधिद्वारा पूजा गरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ ।आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ ।

चर्चामा

सम्बन्धित समाचार