
काठमाडौ—आज देशभर बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर साधरणतया मौसममा बदली भई मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका स्थानमा बर्षा भइरहेको छ । काठमाडौमा गएराति बाट बर्षा भइरहेको छ । देशको पहाडी भू–भागमा बर्षा हुने अनुमान गरिएको छ ।