
काठमाडौ —पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त भएकी छन । उहालाई राष्टपति रामचन्द्र पौडेलले नियुक्त गरेका छन । शुक्रबार शितल निवासमा जारी सर्वपक्षीय छलफलले संसद विघटन गर्ने र कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त गर्ने सहमति जुटेको राष्टपति कार्यालयको स्रोतले जनाएको छ । शीतल निवास स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश कार्कीले सानो आकारको मन्त्रिमण्डल सहित प्रधानमन्त्री पदमा आजै सपथ ग्रहण गर्ने छन । जेनजी प्रतिनिधिको सिफारिसमा नेपाल पहिलो महिला कार्की प्रधानमन्त्री बनेकी छन ।