बिहिबार, अशोज २, २०८२
बिहिबार, अशोज २, २०८२
  • होमपेज
  • देश
  • जेनजी आन्दोलनका सहिद परिवारलाई १५ लाख क्षेतिपूर्ति दिने सरकारको निर्णय

जेनजी आन्दोलनका सहिद परिवारलाई १५ लाख क्षेतिपूर्ति दिने सरकारको निर्णय

  • सोमवार, भदौ ३०, २०८२
जेनजी आन्दोलनका सहिद परिवारलाई १५ लाख क्षेतिपूर्ति दिने सरकारको निर्णय

मुगु —सरकारले जेनजी आन्दोलनमा मृत्यु भएका परिवारलाई १५ लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनमा मृत्यू भएका परिवारलाई रु १५ लाख क्षतिपूर्ति दिने र मृतकलाई सहिद घोषणा गरि राष्ट्रिय सम्मान सहित अन्त्येष्टि गर्ने समेत निर्णय गरेको छ ।यस अघि सरकारले मृतक परिवारलाई उपलब्ध गराउदै आएको १ि० लाखमा थप ५ लाख थपेर १५ लाख दिने निर्णय भएको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले बताउनु भयो । जेनजी प्रर्दशनको क्रममा भएका घटनाहरुको छानमिन गर्न उच्चस्तरिय जाचबुझ आयोग समेत गठन गर्ने सैद्धान्ति निर्णय गरिएको छ । त्यसै गरि असोज १ गते शोक दिवस सार्बजनिक बिदा दिने जेनजी स्मृति पार्क निर्माण गर्ने निर्णय गरिएको छ । मन्त्रिपरिषदले जेनजी आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारलाई छुटटै १० दिने निर्णय गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार