आइतवार, अशोज ५, २०८२
आइतवार, अशोज ५, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • नेपालको संबिधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ,राष्ट्रपति

नेपालको संबिधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ,राष्ट्रपति

  • शुक्रबार, अशोज ३, २०८२
नेपालको संबिधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ,राष्ट्रपति

मुगु —राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो संबिधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनु भएको छ । संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न हामी सबैलाई एकजुट हुन प्रेरणा दिने शुभकामना व्यक्त गरेका छन् ।

वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको राष्टपतिले शुभकामना उल्लेख गर्नु भएको छ । उहाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न हामी सबैलाई एकजुट हुन प्रेरणा दिने शुभकामना व्यक्त गर्नु भएको छ । विसं २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झनामा आज देशभर संविधान दिवस(राष्ट्रिय दिवस) मनाइने गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार