
मुगु–जिल्लाको ग्रामिण बस्तीहरुमा बर्षेनी पुख्र्यौली कोदो बाली उत्पादन घट्दै गएको र शहरी क्षेत्रमा यसको माग बढ्दै गएको छशहरी क्षेत्र बाट आयत हुने सेतो चामल प्रति निर्भरता र अर्को तर्फ प्रतिदिन शहरतिर बसाई सराईका कारण पुख्र्योली बाली कोदो उत्पादन घटदै गएको स्थानीयको भनाई छ । उहीले जस्तो अहिले कोदो बाली हुदैन सोरु गाउपालिका—२ का डबल बुमी बताउछन ।
शहरको सेतो चामल खान थाले अल्छीपन बढयो स्थानीय गाउ“ छोडेर शहरीतिर लाग्ने जस्ता कारणले हाम्रो पुख्र्यौली बाली कोदो उत्पादन घटदै गएको बुमीको भनाई छ ।अर्को तर्फ कोदो बाली उत्पादन गर्न निकै मेहिनेत र दुःख कष्ट गर्नु पर्ने अबस्थाले गर्दा सर्बसाधारणले कोदो बालीलाई बिस्थापित गर्न थालेका छन ।गाउलेले कोदो लगाउन छोडिसक्ने तर शहर बजारमा यसको माग बढेको सोरु गाउपालिका—३ का वडाअध्यक्ष सिहबहादुर धामीले सुनाए । कोदो खरिद गर्न अचेल ब्यापारी गाउमै पुग्ने गरेपनि उत्पादन नहुदा रित्तै फर्किने गरेको उनको भनाई छ ।
चैत महिनामा पाखो जग्गामा रोपेको कोदो बाली कार्तिकमा पाक्ने गरेको छ ।बिशेष गरि मुगु छायाँनाथ रारा नगरपालिकोको माथितुम, ताल्चा, झयारी, कोटीला, मुन्दु, बाम, तल्लेख, चराप, निगाले लगायत बस्तीहरुमा कोदो बाली लगाउने गरेका छन । त्यसै गरि खत्याड र सोरु गाउँपालिकाको लेकाली बस्तीहरुमा पनि स्थानीयलाई कोदो उत्पादन हुने गरेको छ ।सोरु गाउपालिकाको जिमा, सोरुकोट, नार्थपु, भीई, धैनकोट, कालै, बुम्च, फोतु, नेर कोदो बाली लगाउने गरेपनि अचेल न्यून हुदै गएको छ । जिल्लाका कृषकहरुले कालो र रातो गरि दुई प्रकारको कोदो बाली लगाउने गरेका छन ।
कालो भन्दा रातो जातको कोदो स्वादीलो हुने गरेको छ । उत्पादन गरिएको कोदोलाई घटटमा पिसेर रोटी बनाएर खाने कसैले डिडो हलुवाई बनाएर पनि प्रयोग गर्ने गरेका छन । जिल्लाको तीन वटै स्थानीयतहमा कोदो उत्पादन हुने गरेको छ ।एक तथ्याक अनुसार कर्णाली अंचलको मुगुमा सबै भन्दा बढी कोदो उत्पादनमा गिरावट आएको छ ।मुगुमा ४ हजार २ सय ६५ हेक्टर क्षेत्रफल जमिनमा कोदो बाली उत्पादन हुने गरेको छ । बार्षिक रुपमा उक्त जमिनमा करिव १२ सय ३० मेट्रिकटन कोदो उत्पादन हुने गरेको छ । हुम्लामा भने यो बर्ष २५ प्रतिशत कोदो उत्पादन बृद्धि भएको छ ।
हुम्लामा १२ सय ८२ हेक्टर जमिनमा कोदो उत्पादन हुने गरेको छ ।जुम्लामा गत बर्षको तुलनामा यो १० प्रतिशत कोदो उत्पादनमा गिरावट आएको छ । जुम्लामा ३ हजार ८ सय हेक्टर जमिनमा कोदो फल्ने गरेको छ ।कालिकोट गत बर्षको तुलनामा यो बर्ष २० प्रतिशत कोदो उत्पादन बृद्धि भएको कालिकोट कृषि बिकास कार्यालयले जनाएको छ । कालिकोटमा १ हजार २ सय हेक्टर जमिनमा कोदो फल्ने गरेको छ । कालिकोटमा १ हजार ४६ मेट्रिकटन कोदो उत्पादन हुने गरेको छ ।