
मुगु —प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बस्ने र त्यसपछि साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने स्रोतले जनाएको छ । जेनजी आन्दोलन पछि गत भदौ २७ गते प्रधानमन्त्री कार्की देशकै प्रथम महिला प्रधानमन्त्री बन्नु भएको हो । अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरेको छ ।