बिहिबार, अशोज २३, २०८२
बिहिबार, अशोज २३, २०८२
  • होमपेज
  • देश
  • सुरु भयो रारा घुम्ने मौसम

सुरु भयो रारा घुम्ने मौसम

  • शुक्रबार, अशोज १०, २०८२
सुरु भयो रारा घुम्ने मौसम

मुगु —तपाईलाई रारा घुम्ने इच्छा छ भने सुरु गर्नुस रारा घुम्ने यात्रा । रारा घुमफिर गर्ने मौसम सुरु भएको छ । बर्खाको मौसम सकिए संगै आकास सफा हुदा रारा घुम्न मौसम सुरु भएको छ । कर्णाली प्रदेशकै उत्कृष्ट रमणीय रारामा घुम्ने मौसमको उपयुक्त समय आएको छ ।रारा घुम्ने उपयुक्त मौसम सुरु भएको रारा राष्टिय निकुञ्ज कार्यालयका रेन्जर रन रोकायाले बताए ।

अब रारा घुम्न इच्छा भएका पर्यटकले यात्रा तय गर्नु पर्ने उनको भनाई छ । दसै तिहार बिदाको अवसर पारेर आन्तरिक पर्यटक रारा घुम्न आउने गरेको निकुञ्जको कार्यालयले जनाएको छ ।नेपालका बिभिन्न शहर काठमाडौ पोखरा बुटवल भैरहवा लगायत शहर देखि घुम्न आएका प्राकृतिक सुन्दरताले गर्दा घुम्न आएका पर्यटकलाई राराले मोहित बनाउने गरेको छ
रारामा घोडा मात्र नभएर रबरका चार वटा ढुंगा पनि तपाईको प्रतिक्षामा छन रारा पुग्दा बित्तिकै ढुंगा चढेर तालमा रमाउने अबस्था छ असला जातका माछा तालमा तैरिरहेका चराहरु संग जिस्किने देख्न सकिने छन । रारा तालको छेउ बाट ढुंगा चढेर मुर्माटप मिलिचौर माझघट्ट सम्म पुग्न सकिने छ ।
रारा पुग्ने मार्ग
नेपालकै उत्कृष्ट गन्त्ब्य रारा हेर्न आउने पर्यटकको लागि हवाई र कर्णाली राजमार्ग गरि दुई वटा मार्ग रहेका छन ।

नेपालगन्ज देखि हवाई मार्ग रारा एयरपोट सम्म पुग्न ३५ मिनेट र एयरपोट बाट रारा तालको किनार सम्म पुग्न गाडी बाट आघा घण्टा र पैदल हिडेर जाँदा एक घण्टा समय लाग्ने गरेको छ काठमाडौ नेपालगन्ज बाट गाडी जिप मोटर साईकल बाट पनि रारा पुग्न सकिन्छ ।
गाडी मोटर साइकल बाट नेपालगन्ज, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला नाग्मा सिजा हुदै रारा पुग्न करिव दुई दिन लाग्ने गरेको छ । पहिले जस्तो रारा घुम्न आउन पर्यटकलाई कठिन नभएको हवाई जहाज र सडक मार्ग बाट सजिलै तरिकाले रारा पुगिने पर्यटन ब्याबसायि देबिकृष्ण रोकायाले बताए ।

बीच बाटोमा होटलको राम्रो ब्याबस्था भएको कर्णाली राजमार्गमा भएर आउने पर्यटकको लागि खान बास बस्न समस्या खेप्नु पर्ने अबस्था छैन । सुदुरपश्चिम कैलाली अछाम बाजुरा जिल्लाको कोल्टी हुदै मुगुको सुकाढिक बाट रारा पुग्ने मार्ग पनि छ ।
रारामा पाइने खाना
रारा घुम्न आउने पर्यटकलाई बिशेष गरि स्थानीय उत्पादनमा आधारित खाना बनाएर खुवाउने गरेको छ । रातो मार्सि धानको भात, मास तथा सिमिको दाल, आलुको तरकारी मह, कोदो गहुँको रोटी र फापरको बिभिन्न परिकार बनाएर पर्यटकलाई खाना तथा नास्ताको रुपमा दिने गरेको छ ।
राराको कोसेली
रारा घुम्न आउने पर्यटकको निम्ति यहाँको सिमी, स्याउ, मह, कोसेलीको रुपमा चिनिने गरेको छ । रारा भ्रमणमा आएका पर्यटकहरुले सिमि, स्याउ मह कोसेलीको रुपमा किनेर लैजाने गरेका छन । मुर्मा, झयारी, पिना, कोटीला, सिगाडी लगायत गाउ“बस्तीका स्थानीयले सिमि, स्याउ, मह, बिक्री गर्न रारामा ल्याउने र पर्यटकले किन्ने गरेका छन
राराको आक्रर्षण
मुगु जिल्लाको रारा ताल समुद्री सतह देखि २९ सय ९० मिटर उचाईमा रहेको छ । यसको गहिराई १ सय ६७ मिटर छ । रारा १०.८ बर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ बिःस २०३२ सालमा स्थापना भएको रारा राष्टिय निकुन्ज क्षेत्रमा ३ प्रकारका हिमाली असला माछा २ सय २४ प्रकारका बनस्पति र २ सय ७२ प्रकारका चराहरु पाइने गरेको रारा राष्ट्रिय निकुन्जको कार्यालयले जनाएको छ ।

रारा त्यसै प्राकृतिले आक्रर्षण रहेको अर्कोतिर जडिबुटी बन्यजन्तु चरा बिश्वमा लोप भएको असला जातका माछाले गर्दा राराको गौवर बढाएको रारा राष्ट्रिय निकुन्जका रेन्जर सरोज खडकाले बताए ।
उक्त निकुन्ज क्षेत्रभित्र ५१ प्रजातिका स्तनधारी जनावर सहित रेडपाण्डा पाइने भएको छ ।
रारामा देउताको बास
रारा ताल वरपर करिव ७ वटा भन्दा बढी धार्मिक मठमन्दिरहरु रहेका छन । उक्त मठमन्दिरको पहिचान हुन नसक्दा ओझेलमा छन । ठाकुर ज्युको मन्दिर, छाप्रु महादेव, रारा महादेव, दोफ्या महादेव, ठाकुरनाथ महादेव, लादुक महादेव रारा मष्टो, छाप्रु मष्टो, रारा कुलेवता गरि रारामा सात वटा धार्मिक मठमन्दिर छन ।

चर्चामा

सम्बन्धित समाचार