बिहिबार, अशोज २३, २०८२
बिहिबार, अशोज २३, २०८२
  • होमपेज
  • समाचार
  • दसैं मनाउन घर फर्किदै

दसैं मनाउन घर फर्किदै

  • आइतवार, अशोज १२, २०८२
दसैं मनाउन घर फर्किदै

मुगु–मुगु जिल्ला स्थित सोरु गाउ“पालिका वडान ८ का कर्ण बुढा दसैं मनाउन खाडी मुलुक बाट घर फर्किएका छन् ।उनी तीन बर्ष अघि ज्यालादारी कामको निम्ति खाडी मुलुक कतार गएका हुन ।परिवार संग बसेर दसैं रमझमका साथ मनाउन तीन बर्ष पछि घर फकिएको बुढा सुनाए । दसैं नजिकीदै गर्दा घर बाहिर रहेका जिल्लाबासी फर्किन थालेका छन् ।सिमित खाडी मुलुक तिर मात्र नभएर अध्यायनको सिलसिलामा काठमाडौ, पोखरा नेपालगञ्जतिर गएका युवायुवतीहरु दसैं मनाउन कोही जहाज बाट त कोही गाडी चढेर धमाधम घर आउन थालेका छन् ।

दसैं मनाउन काठमाडौमा अध्यायन गर्ने चार जना बच्चा सहित आफु घर आएको खत्याड गाउ“पालिका जयलाल कार्कीले बताए । घर आउनेको भीडले गर्दा गाडी र जहाजको टिकट पाउन मुश्किल भएको उनले सुनाए ।
ब्यापार ब्याबसाय जागिरको निम्ति गाउ“ बाट गमगढी बजार क्षेत्रमा अस्थायी बसोबास गर्दा आएका स्थानीय झोला बोकेर दसैं मनाउन आफनो जन्मो थलो जान थालेका छन् ।बिगत बर्षहरुमा त्यति दसैंको महत्व नदेखिने मुगुमा केही बर्ष यता देखि दसैं तिहारको निकै उत्साह देखिन थालेको छ । घरका सबै परिवार जम्मा भएर हर्ष र उल्लासका साथ दसैं तिहार मनाउन गरेका छन् ।

घर बाहिर रहेका स्थानीय मात्र नभएर दसैंको समयमा जेठ असारमा खर्कतिर लिएरका गाई बस्तु भेडा बाख्रा घरतिर लाउने गरेका छन् । एकातिर गाई बस्तु अर्कोतिर घरपरिवार जमघट भएर दसैंमा खुशी बा“डने गरेका छन् ।
तराई जस्तै हिमाली जिल्ला मुगुमा पनि दसंैंको रौनक छाउन थालेको जिल्ला नागरिक संजालका अध्यक्ष चित्रबहादुर मल्लले जानकारी गराए । दसैंमा मिठो खाने राम्रो सफा कपाडा लगाउने चलन भित्रिएको मल्लको भनाई छ ।दसैंमा सहर भन्दा गाउ“बस्तीहरुमा रमाइलो चहलपहल हुने गरेको छ । गाउ“बस्तीका किसानहरु खेतबारीमा पाकेको उन्नबाली टिपेर दसैं मनाउने गरेका छन् ।दसैंमा पुरानो भन्दा नया“ अनाज खाएर दसैं मनाउनु पर्छ भन्ने चहल परम्परा देखि रहि आएको छ । अर्कोतिर दसैंमा अनिबार्य खसी काटनु पर्छ भन्ने चलन उत्तिकै छ ।

चर्चामा

सम्बन्धित समाचार