बिहिबार, अशोज २३, २०८२
बिहिबार, अशोज २३, २०८२
  • होमपेज
  • देश
  • आज बडादशैंको सातौं दिन घर,घरमा फूलपाती भित्रयाउदै

आज बडादशैंको सातौं दिन घर,घरमा फूलपाती भित्रयाउदै

  • सोमवार, अशोज १३, २०८२
आज बडादशैंको सातौं दिन घर,घरमा फूलपाती भित्रयाउदै

मुगु—आज बडा दसैको सातौ दिन घरघरमा फुलपाती भित्रयाइदै छ । हिन्दुहरुको महान पर्व बडा दसैले घरघरमा उमंग र खुशीयाली छाएको छ । घटस्थापनाका दिन देखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्रयाउने गरिन्छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।फूलपाती भित्रर्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्रर्याउने परम्परा छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका छ जना ब्राह्मणले ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरु, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ । यस वर्षको फूलपाती सोमबार अपराह्न चार बजे भित्रर्याइने कार्यक्रम छ । दसै मनाउन घर फर्किनेको पनि उत्तिकै भिड छ । बिमानस्थल देखि बसपार्क सम्म यात्रुको चाप अझै एथावत छ ।

चर्चामा

सम्बन्धित समाचार