
काठमाडौ —काठमाडौँको हनुमानढोका दरवार स्क्वायरमा रहेको कालभैरव मन्दिरमा भक्तजन पुजापाठ गर्दै । यसलाई काठमाडौँ भैरवस्थान भनेर पनि चिनिन्छ । कालभैरव को मुर्ति मल्लकालिन काठमाडौँ का बासिन्दा ले नागार्जुन पहाड उत्खनन गर्दा भेटेर काठमाडौको वसन्तपुर मा ल्याइ स्थापना गरे । मल्लकाल को उत्तरार्ध सम्म यो तत्कालीन नेपाल न्यायालय को रूपमा प्रयोग गरिन्थ्यो ।