
काठमाडौ —भारी वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी, डुबान, भू–क्षय लगायतका जोखिमको साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतिसमेत हुन सक्ने सम्भावनालाई मध्येनजर गरी २०८२ असोज १९ र २० गतेका दिन विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरू बाहेक नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालय द्धारा जारी सूचनामा उल्लेख गरिएको छ । सोही बिदा अवधि भर आबश्यक काम बाहेक घर बाहिर ननिस्कन र सुरक्षित भएर बस्न अनुरोध समेत गरिएको छ ।