
मुगु —जिल्लामा उपभोक्ताहरुले सबै भन्दा मुल्यमा नून उपभोग गर्दै आएका छन तराई बाट ढुवानी हुने अन्य खाद्य बस्तुको मुल्य मह“गो भएपनि एक दशक देखि नुन प्रति केजी ९ रुपैया“मा उपभोग गर्न पाउदा स्थानीयले खुशीको महसुस गरेका छन । दुर्गमका स्थानीयलाई नेपाल सरकारले आयोडिनको रुपमा अनुदानमा उपलब्ध गराउदै आएको भानु नुन लामो समय देखि साल्ट टे«निङ कर्पोरेशनले प्रति केजी ९ रुपैया“मा बितरण गर्दै आएको छ । तराई क्षेत्रका स्थानीयले प्रति केजी नुनको २० रुपैया“मा उपभोग गर्ने गरेका छन । दुर्गम यस जिल्लाका स्थानीयले आयोडिनयुक्त भानु नुनको प्रति केजी ९ रुपैया“ मुल्य तिरेर खादै आएका छन । प्रति केजी ९ रुपैया“ नुन खान पाउदा खुशी लागेको छाया“नाथ रारा नगरपालिका एक स्थानीयले बताए । सिमित सदरमुकाम गमगढीमा मात्र नभएर साल्ट ट्रेनिङले दुर्गम बस्ती सम्म नुन ढुवानी गरेर प्रति केजी ९ रुपैया“मा बितरण गर्ने गरेको छ । करिव पा“च छ बर्ष यता देखि उपभोक्ताहरुलाई भानु नुन प्रति केजी ९ रुपैया“ बिक्री बितरण गर्ने गरेको साल्ट टे«निङले जनाएको छ । पहिले ढिके नुनको प्रति केजी ५ रुपैया“मा बितरण हुन्थ्यो पछि आयोडिनयुक्त भान नुन ९ रुपैया“मा बितरण गर्ने गरिएको छ ।