
मुगु जिल्ला स्थित मुगुम कार्मारोड. गाउपालिकाको मुगु गाउ । यहा पनि जाडो बढेपछि स्थानीय बेशी झर्न सुरसार गर्न थालेका छन । तस्विर क्याराभाज खबर
मुगु —एक साता अघिको अबिरल बर्षाले देशभर जाडो बढेको छ । कार्तिक १५ पछि जाडोको महसुस हुने अबस्थामा यो पटक असोजमै जाडो सुरु भएको छ । यो पटक असोजमै जाडौ चिसोको महसुस हुन थालेको स्थानीयको भनाई छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४.५ डिग्री सेल्सियस पुगेको छ । यसको तुलनमा तापक्रम घटेको हो । हुम्लाको माथिल्लो भेगको उच्च हिमाली क्षेत्रमा हिमपात संगै चिसो बढेको छ । केही दिन अघिको अबिरल बर्षाले हुम्लाको नाम्खा गाउपालिकाको उच्च हिमाली भेगमा हल्का हिमपात भएको थियो । चिसो बढृ संगै माथिल्लो हुम्ला र मुगुको मुगुम कार्मारोड गाउपालिका र डोल्पाका माथिल्लो बस्तीका स्थानीय जाडो कटाउन बेशी झर्ने चलन छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन हिजो शुक्रबार देखि नेपाल बाट बाहिरिएको जनाएको छ ।