
मुगु —हिन्दु धर्मालम्बिहरुको दोस्रो महान पर्व तिहारको यमपञ्चक आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया सम्म यो तिहार पर्व मनाइने गरिन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आज देखि हिन्दु धर्मालम्बिहरुको दोस्रो महान पर्व तिहार सुरु भएको हो ।