मङ्लबार, कार्तिक ५, २०८२
मङ्लबार, कार्तिक ५, २०८२
  • होमपेज
  • देश
  • राष्ट्रिय सम्मानका साथ विपिन जोशीको अन्त्येष्टि

राष्ट्रिय सम्मानका साथ विपिन जोशीको अन्त्येष्टि

  • मङ्लबार, कार्तिक ५, २०८२
राष्ट्रिय सम्मानका साथ विपिन जोशीको अन्त्येष्टि

मुगु — कञ्चनपुरका युवक विपिन जोशीको मंगलबार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरलाई बुवा महानन्द जोशीले दागबत्ती दिएका छन् ।भुजेला घाटस्थित महाकाली नदीमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाले राष्ट्रिय झन्डा ओढाउनुका साथै सशस्त्र प्रहरीले सलामी दिएर राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।जोशीको शव इजरायली दूतावासका कर्मचारीले इजरायलको राष्ट्रिय झन्डा ओढाउँदै श्रद्धाञ्जली दिएका थिए ।शवयात्रामा नेपालका लागि इजरायली राजदूत, पूर्व परराष्ट्र मन्त्री एनपी सावद, विघटित प्रतिनिधिसभाका सदस्य तारा लामा तामाङलगायत सहभागी हजारौँको सहभागी भएका छन ।  सिक्दै सिकाउँदै” कार्यक्रमअन्तर्गत विसं २०८० असोजमा इजरायल गएका विपिनको  हमास र इजरायलबिच भएको द्वन्द्वमा परी ज्यान गएको थियो । दुई वर्ष पहिले नै ज्यान गुमाएका विपिनको कूटनीतिक पहल हुन नसक्दा असोज २७ गते मात्रै परिवारलाई जानकारी गराइएको थियो ।

चर्चामा

सम्बन्धित समाचार