
तस्विर । बिर्खबहादुर रोकाया पूर्ब अध्यक्ष रारा राष्टिय निकुञ्ज मध्यवर्ती उपभोक्ता समिति
मुगु जिल्लाको प्रमुख पर्यटकिय गन्तब्य रारामा लोपन्मुख कस्तुरी मृग अनुसन्धानको लागि निकुञ्ज क्षेत्रमा क्यारामेरा ट्रयाप जडान जडान गरिएको रारा राष्टिय निकुञ्जको कार्यालयले जनाएको छ । लोपन्मुख कस्तुरी मृगको वास्तविक बिबरणको जानकारी लिन क्यामेरा टयाप प्रबिधिक प्रयोग गर्न सुरु गरिएको निकुञ्जले जनाएको छ । प्राणी शास्त्र केन्द्रीय विभाग र प्राकृतिक विज्ञान समाजको संयुक्त आयोजनामा उक्त अनुसन्धान गर्न सुरु गरिएको छ । ¥यान्डम स्याम्प्लिङको माध्यम बाट १–१ वर्ग किलोमिटरको ४० ग्रिड छनौट गरी प्रत्येक ग्रिडमा एक एक वटा क्यामेरा राखिने भएको छ ।