सोमवार, मंसिर १५, २०८२
सोमवार, मंसिर १५, २०८२
  • होमपेज
  • समाचार
  • हिउँ चितुवा संरक्षणमा चुनौती

हिउँ चितुवा संरक्षणमा चुनौती

  • शुक्रबार, कार्तिक ७, २०८२
हिउँ चितुवा संरक्षणमा चुनौती

मुगु–हिमाली जिल्ला डोल्पा दुर्लभ हिउँ  चितुवाको संख्यामा नेपालकै उच्च मानिए पनि संरक्षणमा चुनौती देखिएको छ ।बन डिभिजन कार्यालयले शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र डिभिजन बन सामुदायिक क्षेत्रमा ३० वटा दुर्लभ हिउ“ चितुवा भेटिएको तथ्याङ्क गत बर्ष सार्बजनिक गरेपनि संरक्षणमा चुनौती देखिएको छ ।

चोरी शिकारी, जलबायू परिर्वतनको असर, बन डडेलो बासस्थानको जोखिम लगायत कारण दुर्लभ हिउँ चितुवा संरक्षणको मुख्य चुनौती देखिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयको कार्यालयले जनाएको छचितुवाको अति मन पर्ने आहारा र बासस्थान निगालो हो उक्त निगालो स्थानीयले आफनो प्रयोजनको लागि प्रयोग गर्न थालेपछि मासिदै जा“दा हिउ“ चितुवालाई समस्या हुन सक्ने देखिएको छ ।निगालोको टुसा हिउँ“ चितुवाको मुख्य आहारा हो उनले भने निगालो मासिदै जान थालेपछि हिउ“ चितुवालाई आहाराको कमी हुन सक्छ । हिउँ चितुवाको मासु भन्दा पनि छाला बिक्री गर्न र घरमा सजार राख्नको निम्ति चोरी शिकारीको नजरमा हिउ“ चितुवा नजरमा पर्ने गरेको छ ।

हिउँ चितुवा हिउँ भएको सेरोफोरोमा बस्ने भएकोले जलबायू परिर्वतनले हिउ“ कम पर्न थालेको र हिमाल नाङला हुन थालेपछि हिउ“ चितुवालाई जोखिम हुन सक्ने शे–फोक्सुण्डो राष्टिय निकुञ्ज कार्यालयले जनाएको छ ।अर्कोतिर जलवायू परिर्वतनले चिसो तातोको तापक्रम तलमाथि हुदै जा“न थालेपछि हिउ“ चितुवालाई असर पर्न सक्ने अनुमान गरिएको छ ।डोल्पा हिउ“ चितुवाको प्रमुख अनुसन्धान बन्न सक्ने अनुमान गरिएको छ ।

जलवायू परिवर्तनले हिउँ चितुवालाई के कस्तो असर पारेको छ भन्ने बिषयमा अनुसन्धान जरुरी रहेको निकुञ्जका कर्मचारीको भनाई छ ।नेपाल सरकार र विश्व वन्यजन्तु कोषले प्रथम पटक २००९ मा साईन सर्भे अर्थात हिउँ“ चितुवाको पाइला दिशा पिसाव प्रबिधिबाट गणना गर्दा १ सय १० देखि १ सय ३० को अनुमानित गरिएको निकुञ्जले जनाएको छ ।बिश्व भरि हिउँ“ चितुवाको संख्या ४ हजार देखि ६ हजार ५ सयको संख्या रहेको उक्त हिउ“ चितुवा एशियाका १२ देशमा पाउने गरिएको डिभिजन बन कार्यालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार