मुगु —जिल्ला स्थित छायानाथ रारा नगरपालिका भित्र करिव ७४ वटा भन्दा बढी बिकासका काम श्रमदान मार्फत सम्पन्न गरिएको नगर प्रमुख बिष्णु कुमार भामले जानकारी गराएका छज ।संचारकर्मी संग कुरा गर्दै उनले प्रत्येक शनिबार श्रमदान अभियान सुरु गरिएको र उक्त अभियानमा कहिले खानेपानी, कहिले बाटो सडक कहिले बिद्यालय, कहिले काठेपूल, प्रतिक्षालय ढुंगेधारा मठमन्दिर बृक्षारोपण जस्ता बिकासका काम श्रमदानद्धारा सम्पन्न गरिएको बताएका छन ।
म बडाअध्यक्ष हुदा २०७४ साल बाट सुरु गरिएको मेयर भामले भने अहिले पनि म नगर प्रमुख भई सकेपछि यो श्रमदान अभियानलाई निरन्तरता दिएको छ । बिशेष गरि शनिबारको दिनलाई सदुपयोग गर्न श्रमदान अभियान थालनी गरिएको उनको भनाई छ ।नगर प्रमुख भामले आगामी दिनमा नगरले संचालन गरेको श्रमदान अभियानलाई सबैले सहयोग गर्न अपिल गरेका छन ।