मुगु – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको नेपाली कांग्रेसले जनाएको छ । सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आज बाट केन्द्रीय कार्य समितिको बैठक पुनः बस्न लागेको छ । आजको बैठकमा संस्थापन र इतर दुवैतर्फबाट महाधिवेशनको अलग–अलग कार्यतालिका पेश गर्ने तयारी रहेको श्रोतले जनाएको छ । महामन्त्री गगन थापाले पुस मसान्तका लागि महाधिवेशन प्रस्ताव गर्नेछन् भने संस्थापन पक्षले वैशाखमा महाधिवेशन प्रस्ताव गर्नेछ । त्यसमा दुवै पक्षले कार्यतालिका र औचित्यमा पनि धारणा राखेपछि छलफल अघि बढाउने तयारी भएको छ ।