मुगु — नेपाली कांग्रेस मुगुका पार्टी सभापति एवं निवर्तमान मन्त्री ऐनबहादुर शाही कांंग्रेसको १५औँ महाधिवेशन सबै पक्षको सहमतिमा समयमै हुनुपर्ने बताएका छन ।जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनका दुई मिति प्रस्ताव भएको सन्दर्भमा शाहीले दुबै पक्षले सहमति गरेर सबैलाई मान्य हुने गरि महाधिवेशन गर्न आग्रह गरेका छन जेनजी आन्दोलन पछि बनेको वर्तमान अन्तरिम सरकारले आगामी फागुन २१ गते आमनिर्वाचन घोषणा गरेको छ ।जेनजी आन्दोलनको भावना अनुसार कांग्रेस पार्टी पनि अघि बढ्नुपर्ने शाहीले बताएका छन .
पूर्बमन्त्री शाहीका अनुसार १५औँ महाधिवेशन गर्नुपर्ने मितिका सम्बन्धमा पार्टीमा अहिले दुई धार देखिएको छ, दुई पक्ष बसेर सहमतिका साथ सबैलाई मान्य हुने गरी मिति प्रस्ताव गर्दा उपयुक्त हुने देखिन्छ । आगामी पार्टीको महाधिवेशनमा युवाको प्रतिनिधित्व बढी गराउनु पर्ने उहाँको भनाई छ ।यही कात्तिक १८ गतेको केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री महेन्द्र यादवले महाधिवेशन सम्बन्धी छुट्टाछुट्टै दुई वटा तालिका सहितका व्यक्तिगत प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।महामन्त्री थापाले आगामी पुस १६ गतेदेखि १९ गतेसम्म र सहमहामन्त्री महेन्द्र यादवले २०८३ साल वैशाख २७ देखि ३० गतेसम्म १५औँ महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको थियो । कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले भने महाधिवेशनका सन्दर्भमा साझा कार्यतालिका प्रस्तुत गर्ने गरी केन्द्रीय समिति बैठकमा छलफल भइरहेको जानकारी गराउनु भयो ।