शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • समाचार
  • भदौ २३ जेनजी सहिद दिवस मनाउने सरकारको निर्णय

भदौ २३ जेनजी सहिद दिवस मनाउने सरकारको निर्णय

  • सोमवार, मंसिर १५, २०८२
भदौ २३ जेनजी सहिद दिवस मनाउने सरकारको निर्णय

मुगु —सरकारले प्रत्येक वर्ष भाद्र २३ गते जेनजी सहिद दिवस मनाउने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा मृत्यु भएका सहिदहरूको सम्झनामा सो दिवस मनाउने निणय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए । बैठकले जेनजी आन्दोलनका क्रममा सहिद परिवारका आमा, बुबा, श्रीमान, श्रीमती, अविवाहित छोरी अविवाहित छोरालाई गृह मन्त्रालयले फोटो सहितको परिचयपत्र उपलब्ध गराउने समेत निर्णय गरिएको प्रबक्ता खरेलले जानकारी गराए ।

चर्चामा

सम्बन्धित समाचार