मुगु— हाल देशभर मौसम प्रणाली सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा मौसम सफा रहने छ । आज राति देशका अधिकांश भागमा मौसम सफा रहने छ । काठमाडौँ उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम २० देखि २१ डिग्री सेल्सिय रहेको अनुमान गरिएको छ ।