मुगुको कालै गाउँ तस्विर क्याराभान खबर
मुगु—सोरु गाउ“पालिका —४ फोतु गाउँ का मागे कामीले आफनी श्रीमति ज्यालादारी काम खोज्दै भारत नैनीताल पलायन भएका छन । कार्तिके अन्नबाली भकारीमा थन्क्यार खेतबारीमा जौ गहु“ झरेर कुम्लो नाम्लो बोकेर भारत पलाएन भएका छन ।फोतु गाउ“का सिमित मागे मात्र नभएर गोपाल कामी, भियाल, कामी, चाउरे कामी लगायत ज्यालादारी कामको खोजीमा भारत गएका छन । स्थानीय भारत पलायन भएपछि गाउ“ सुनसान भएको छ ।
अचेल गाउ“मा कुनै ज्यालादारी काम रोजगारको अवसर नपाइन थाले पछि हिउदे सिजनमा स्थानीय जिल्ला बाहिर पलायन हुन थालेका छत । गाउ“ छोडेर कोही भारत कोही सुर्खेत नेपालगञ्ज काठमाडौतिर गएपछि गाउ“ सुनसान भएको फोतु गाउ“की बिर्जन शाहीले सुनाए । यो फोतु गाउँ केवल उदहारण मात्र हो ।
ज्यालादारी काम रोजगारको अवरसर खोज्दै बिदेश पलायन भएपछि गाउँ बस्ती सुनसान बनेका छन । कालै गाउँ का युवा तन्नेरी काम खोज्दै शहर पलायन भएपछि गाउ“घर सुनसान देखिएको शिक्षक बीरबहादुर बमले बताए । धेरै स्थानीयले आफनो घरको ढोका ताला लगाएर शहर पलायन भएको उनको भनाई छ ।मुगु जिल्लाका अधिकांश युवा महिला–पुरुष रोजगारको खोजीमा शहरी क्षेत्र छिमेकी देश भारत तर्फ हिडन थालेपछि गाउ“घर सुनसान भएका छन । गाउँ–बस्तीबाट सक्रिय युवा श्रमशक्ति बाहिरिए पछि बस्ती सुनसान भएका छन ।
छोराछोरी पढाउन औषधि उपचार गर्न ज्यालादारी काम गर्न जस्ता कारण दर्शाउदै अधिकास स्थानीय सुर्खेत नेपालगञ्ज, काठमाडौ पलायन भएपछि खेतबारी उर्भरा जमिन बा“झिदै गएका छन ।पछिल्ला समयमा जिल्लामा आर्थिक समस्या बढ्दै जाँदा बेरोजगार स्थानीय विकल्पको खोजीमा भारत तथा अन्य देशमा तिर जाने क्रम ह्वात्तै बढेको सोरु गाउ“पालिका पूर्व पालिका अध्यक्ष लोकबहादुर शाहीले बताए । गाउ“ छोडन नसक्ने बुढापाका चौपाय बस्तु हेरचाह गर्ने ब्यक्ति बाहेक तन्नेरी युवाहरु शहर पलायन भएको उनको भनाई छ । अहिले गाउ“मा मान्छेका बाक्लो उपस्थिति देखिन छोडेको शाहीको भनाई छ ।गाउँ घरमा खेतीपाती, गर्दा होस या अन्य सामाजिक गतिविधिमा देखिने चहलपहल अहिले निकै घटेको छायानाथ रारा नगरपालिकाका पूर्व वडाअध्यक्ष चक्रबहादुर सावत बताउछन । उनले भने युवा पुस्ताको विदेश तर्फको आकर्षणले गाउँमा अधिकांस स्कुले बालबालिका र वृद्धवृद्धामात्रै बढी देखिन्छन ।
युवा पलायनले गर्दा यस जिल्लाको चार वटै स्थानीय निकायमा स्थानियमा सामुदायिक काम काजमा असर परेको स्थानीयको भनाई छ ।वैदेशिक रोजगारीबाट आएको आम्दानीले परिवारको खर्च भने धानिए पनि यसले दिर्घकालीन समस्या समधान नहुने नागरिक अगुवाको भनाई छ ।
जिल्लाबाट सक्रिय जनशक्ति बाहिरिए पछि त्यसको प्रत्यक्ष असर ब्यापारमा समेत परेको छ । जिल्ला सदरमुकाम गमगढी बजारमा व्यापारमा निकै घटदो क्रम छन । ब्यापारीहरू समेत व्यापार नचले पछि बिस्थापित भएका छन । गमगढीका अधिकांस ब्यापारिक सटरहरू खाली देखिन थालेका छन स्थानीय सरकार र सरोकारवाला निकायहरूले रोजगारीका अवसर गाउँमै सिर्जना गर्नुपर्ने माग बढ्दो छ । सीपमूलक तालिम र कृषिमा प्रोत्साहनको अभावले युवा बाहिरिने क्रम झनै बढेको स्थानिय बासिन्दाले बताएका छन ।सरकारले स्थानीय अर्थतन्त्र मजबुत पार्ने तथा गाउँमै रोजगारी सिर्जना गर्ने दिर्घकालीन नीति नअपनाए सम्म मुगुका गाउँघर अझै सुनसान बन्दै जाने नागरिक अगुवा चित्रबहादुर मल्लको भनाई छ । खेतीपाती बाहैमहिना खान पुग्दै कसरी बच्चा पढाउने कसरी औषधि उपचार गर्ने कसरी लत्ताकपाडा किन्ने यो जटिल अबस्था उत्पन्न हुन थालेपछि यहाको जनशक्ति बाहिर पलायन हुन थालेको उनको भनाई छ ।