मुगु—वारिपारि खहेरी हिमाल बीचमा मुगु गाउ छेउ बाट सलल बग्दै गरेको मुगु गाउ । उक्त गाउ“ अहिले सनसान छ । कर्णाली आवाज सिरौटो बतास चलिरहेको छ । जाडोले गर्दा सम्पूर्ण गाउले बेशी झरेपछि मुगु गाउ मानव बिहिन जस्तै बनेको छ ।जिल्ला स्थित पूर्बी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्लो बस्तीमा अत्याधिक जाडो बढेपछि करिव १ सय २० परिवारले गाउँ छोडेर बाहिरिएका छन ।उक्त गाउँपालिकाको वडान–२ मुगु गाउँमा सिरसिर हावा संगै अत्याधिक जाडोले गाउँमा बस्न नसक्ने अबस्था आएपछि घरमा ताला लगाएर सम्पूर्ण स्थानीय बाहिरिएको गाउपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए ।
अध्यक्ष लामाका अनुसार गाउँको हेरचाहा र मालमसानको सुरक्षा गर्ने दुई तिन जना बाहेक अन्य सबै चौपाय बस्तु सहित कोही सिरानचौर, कोही, चितै तिहार बगर कोही गमगढी त कोही जुम्ला, नेपालगञ्ज काठमाडौं तर्फ लागेका छन ।
जाडोले गर्दा १ सय २० परिवारले गाउँ छोडेर बाहिरिए पछि सिंगो गाउ सुनसान बनेको अध्यक्षको भनाई छ । मंसिर पुस माघमा हिमपातले उक्त गाउ नै ढाक्ने गरेको छ । चिसोले पानीका धारा खोला नालामा बगर जम्ने गरेको छ ।
जाडाले गर्दा मंसिरमा गाउँ छोडेका स्थानीयले गर्मी मौसम सुरुवात संगै चैत बैशाखमा घर फर्किने गरेका छन ।
मंसिर देखि चैत बैशाख महिना सम्म मुगु गाउँ मानव बिहिन जस्तै हुने गरेको छ । गाउमा मान्छे नभए पछि बन्यजन्तु गाउतिर आउने गरेका छन ।उक्त मुगु गाउँमा रहेको सिमा प्रहरी चौकीमा कार्यरत प्रहरी जवान पनि जाडो कटाउन तल पूलु प्रहरी चौकी तर्फ झरेका छन । तिब्बत सिमा क्षेत्र संग जोडिएको मुगु गाउ“को प्रहरी चौकी पनि जाडोले गर्दा अहिले खाली भएको छ ।समुद्री सतह देखि करिव ३३ सय मिटर उचाइमा रहेको मुगु गाउँका स्थानीय जाडो मौसममा ६ महिना बेशी र गर्मी मौसममा ६ महिना गाउँमै बस्ने गरेका छन । जाडोले बेशी झरेका मुगु गाउ“का स्थानीय गाउ नफर्किदा सम्म बिकास निर्माणका कामकाज प्रभावित हुने गरेको छ ।