मुगु—जिल्ला सदरमुकाम गमगढी स्थित नाउर स्थानमा रहेको रारा बहुमुखी क्याम्पस स्नातकोत्तर (डिग्री) पढाई हुन लागेको छ ।रारा बहुमुखी क्याम्पसले यसै शैक्षिक सत्रदेखि शिक्षा संकाय तर्फ स्नातकोत्तर तहको पढाई सुरु गर्न लागेको क्याम्पस प्रमुख लालकेशर रोकायाले जानकारी गराए ।यो बर्ष देखि स्नातकोत्तर डिग्रीको कक्षा संचालन गर्न लागेका छौ रोकायाले भने आवश्यक पूर्वाधार, जनशक्ति र प्रशासनिक प्रक्रिया पूरा गर्दै हालको लागि शैक्षिक योजना तथा व्यवस्थापन इएपी विषयमा कक्षा सुरु गरिने छ ।
मुगुमा स्नातकोत्तर पढाई नहु“दा बिधार्थी जिल्ला बाहिर जानु पर्ने बाध्यता लाई रोक्न यस क्याम्पसमा डिग्रीको कक्षा संचालन कार्य प्रारम्भ गरिएको क्याम्पस प्रमुखको भनाई छ ।पुस पहिलो साता देखि आवेदन फारम लिने उक्त बिद्यार्थीका लागि आउदो माघ ८ गते विश्व बिद्यालयले प्रकाशित गरेको तालिका अनुसार प्रवेश परीक्षामा सहभागी गराउने तयारी भइरहेको क्याम्पस प्रमुखले सुनाए ।जिल्लामा डिग्री पढाई सुरु हुन थालेपछि बिधार्थी हर्षित देखिएका छन । डिग्री पढाईको अभावले अधिकास बिधार्थीहरु बिएडम सिमित रहनु पर्ने अबस्था अब अन्त हुने क्याम्पसले जनाएको छ ।
बिस २०६४ सालमा स्थापना भई मध्यपश्चिम विश्वबिद्यालय अन्त्र्रगत आंगिक मान्यता प्राप्त रारा बहुमुखि क्याम्पसमा बिएड कक्षा संचालन भइरहेको छ ।क्याम्पस प्रमुख रोकायाका अनुसार स्थापना भए देखि हाल सम्म रारा बहुमुखि क्याम्पस बाट करिव ५ सय भन्दा बढी बिधार्थीले बिएड पास गरि सकेका छन । बर्षेनी २० जना भन्दा बढी बिधार्थिले यस रारा बहुमुखि क्याम्पस बाट बिएड उत्रिर्ण हुने उहाको भनाई छ ।शिक्षक, कर्मचारी र उच्च शिक्षामा रुचि राख्ने विद्यार्थीले सजिलै डिग्री अध्ययन गर्न पाउने छन । हिमाली जिल्ला मुगुमा स्नातकोत्तर (डिग्री) पढाइले शैक्षिकस्तर बृद्धि हुने सरोकारवालाको भनाई छ ।
रारा बहुमुखि क्याम्पसले स्नातकोत्तर (डिग्री) पढाई सुरु गर्दा समग्र जिल्लावासीको लागि खुशीको बिषय हुने पूर्ब शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले बताए । यो क्याम्पस स्थापना गर्न सबैको बिशेष योगदान रहेको उहाको भनाई छ ।जागिर खादै खेतीपाती गर्दै आफनै घर आगनमा स्नातकोत्तर (डिग्री) पढन पाउनु बिधार्थीको लागि सुनौलो अवसर प्राप्त हुन लागेको सरोकारवाला बताउछन ।