तस्विर आशिष देवकोटको सामाजिक सञ्जाल बाट साभार
मुगु —हिमाली जिल्ला मुगुमा देखा परेको बिद्युत संकटको समाधानको माग गर्दै मुगुका युवाहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई झरी उपहार दिएर ध्यानाकर्षण गराएका छन ।सोमबार नेबिसंघ केन्द्रीय सदस्य आशिष देवकोटा लगायतको टोलीले मन्त्रालयमा पुगि मन्त्री घिसिङलाई भेटेर मुगु जिल्लाको एर्थात बिद्युतको समस्या दर्साउदै राति उज्यालोको रुपमा प्रयोग गरिने सल्लोको काठ झरो उपहार दिएर ध्यानाकर्षण पत्र बुझाएका हुन ।
मुगुको अनुमानित ७० हजार जनसंख्या मध्ये करिब ३ हजार ५ परिवारले बिद्युतको सुबिधा प्राप्त गरेको र करिब ९५ प्रतिशत जनता अन्धकारमै जीवन बिताउन बाध्य भएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । युवाले मुगुको विद्युतीकरणलाई पूर्वाधार निर्माण मात्र नभई सामाजिक न्यायको विषयका रूपमा लिन मन्त्री घिसिङसँग आग्रह गरेका छन । गत साता मुगुका युवाहरुले सञ्चार तथा सुचना प्रबिधि मन्त्री एवम सरकार प्रबक्ता जगदीश खरेललाई भेटर मुगुको चार वटै स्थानीतहकाृे सञ्चारको समस्या बारे ध्यानकर्षण गराएका थिए ।
यस्ता छन मुगुका युवाहरुको माग
१. मुगु जिल्लालाई ‘विशेष विद्युतीकरण प्राथमिकता क्षेत्र’ घोषणा गरिनुपर्ने।
२. जिल्लाका सबै ७० हजार जनताका लागि ‘शतप्रतिशत विद्युत् पहुँच’ पु¥याउने स्पष्ट समयसीमा र कार्ययोजना सार्वजनिक गरिनुपर्ने।
३. भरपर्दो वितरण प्रणाली निर्माणका लागि तत्काल विशेष प्राविधिक टोली मुगु पठाउनुपर्ने।
४. भौगोलिक अवस्था अनुसार राष्ट्रिय ग्रिड र स्थानीय वैकल्पिक स्रोतलाई एकीकृत रूपमा कार्यान्वयन गरिनुपर्ने।
५. जिल्लाका सबै स्थानीय तहमा विद्युतीकरणलाई तीव्रता दिन विशेष निर्देशन जारी गरिनुपर्ने ।