शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • देश
  • विराटनगर किंग्स लाई हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा

विराटनगर किंग्स लाई हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा

  • मङ्लबार, मंसिर २३, २०८२
विराटनगर किंग्स लाई हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा

मुगु —सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ । मंगलबार किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि ७८ रनको फराकिलो जित निकाल्दै सुदूरपश्चिमले उपाधि नजिक स्थान सुरक्षित गर्न सफल भएको छ ।

सुदूरपश्चिमले दिएको १५६ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमा मात्र ७८ रनमा अलआउट भयो। यो एनपीएलको दोस्रो संस्करणमा रनको आधारमा कुनै पनि टोलीले व्यहोरेको सबैभन्दा ठूलो हार हो ।टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो। टोलीलाई सम्मानजनक स्कोरमा पु¥याउन ओपनर विनोद भण्डारीले कप्तानी इनिङ खेले। ५२ बल सामना गरेका विनोदले ३ चौका र २ छक्कासहित ६३ रन बनाए। यो जारी सिजनमा उनको दोस्रो अर्धशतक हो।

विनोद बाहेक सेल्डन ज्याक्सन र आरिफ शेखले समान २०÷२० रनको योगदान दिए। हर्मित सिंहले १४ र इशान पाण्डेले १३ रन जोडे। इशानलाई विराटनगरका नरेन भट्टले बाउन्ड्री लाइनमा उत्कृष्ट क्याचमार्फत पेभेलियन फर्काएका थिए । जवाफी ब्याटिङमा उत्रिएको विराटनगरको सुरुवात निकै खराब रह्यो। ओपनर साम हेजलेट दोस्रो इनिङको पहिलो बलमै आउट भए भने नरेन भट्ट पनि ‘गोल्डेन डक’ को शिकार भए। मार्टिन गप्टिल (२ रन) र लोकेश बम (५ रन) सस्तैमा आउट हुँदा विराटनगर संकटमा परेको थियो ।

विराटनगरका लागि कप्तान फाफ डु प्लेसिसले एक्लै संघर्ष गर्दै सर्वाधिक ३६ रन बनाए। उनले २९ बलमा ३ चौका र १ छक्का प्रहार गरे। यस्तै मर्चेन्ट डी लांगेले १५ र बसिर अहमदले १२ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेन । विराटनगरलाई सस्तैमा समेट्न सुदूरपश्चिमका बलरहरू हाबी भए। हर्मित सिंह, स्कट कुग्गेलिन र अभिनाश बोहराले समान २÷२ विकेट लिए। किफायती बलिङ गरेका कुग्गेलिनले ३ ओभरमा ९ रन र हर्मितले ४ ओभरमा २० रन खर्चिए। हेमन्त धामी र कप्तान दीपेन्द्रसिंह ऐरीले १÷१ विकेट हात पारे । लिग चरणमा शीर्ष स्थानमा रहँदै क्वालिफायर खेलेको सुदूरपश्चिम यो जितसँगै सोझै फाइनलमा पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार