शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • देश
  • आगामी प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस बाट धमाधम उम्मेदवार सिफारिस

आगामी प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस बाट धमाधम उम्मेदवार सिफारिस

  • बुधबार, मंसिर २४, २०८२
आगामी प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस बाट  धमाधम उम्मेदवार सिफारिस

मुगु—आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि नेपाली कांग्रेसले ७७ वटै जिल्ला बाट उम्मेदवारको नाम सिफारिस गरिएको छ । कांग्रेस जिल्ला कार्यसमितिको बैठक बसेर धमाधम उम्मेदवारको नाम सिफारिस गर्न थालेका छन । उम्मेदवार सिफारिस संगै कांग्रेस चुनावी तयारीमा जुटेको छ ।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसबाट सुर्खेत–१ मा कांग्रेस कार्यबाहक सभापति पूर्णबहादुर खड्काको नाम सिफारिस गरिएको छ । क्षेत्रीय कार्यसमिति बैठकले खड्काको नाम सर्वसम्मत सिफारिस गरेको हो ।रोल्पा बाट महामन्त्री गंगन थापाको नाम सिफारिस गरिएको छ । माओबादीको गढ मानिएको रोल्पामा थापाले गढ भत्काउन हिसावले नाम सिफारिस गरिएको छ ।

धनकुटा बाट पजि महामन्त्री थापाको नाम सिफारिस गरिएको छ । त्यसै गरि डोल्पा बाट प्रतिनिधि सभा निर्वाचनको लागि कर्णबहादुर बुढाको नाम सिफारिस गरिएको छ । प्रतिनिधि सभा निर्वाचनको लागि कांग्रेस बाट सुर्खेत —२ मा ६ जनाको नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितिले सुर्खेत–२ का लागि ६ जनाको नाम अघि सारिएको क्षेत्रीय सभापति इन्द्रबहादुर रावलको भनाई छ । सिफारिस हुनेमा उपेन्द्र थापा, कलम खत्री, नारायण कोइराला, भिष्मराज हमाल, हृदयराम थानी र बसन्ती बस्नेत छन । समानुपातिकतर्फ गंगा नेपाली, पार्वती गिरी, भग्य कामी, धना विष्ट र भिम शाही नेपालीलाई सिफारिस गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार