मुगु —सोरु गाउँपालिका —१ जवलधारा गाउँका ९८ बर्षिय नन्दबहादुर शाहीले बेलिब्रिज पुलको बीच श्रद्धापूर्वक ढोग गरे । हुम्ला मुगु जोडने पिपलमुडा स्थानमा निर्माण गरिएको उक्त बेलिब्रिज पूलले नन्दबहादुर हृदय पग्लाएको छ । गाउघरमा उहालाई एकान्ट भनेर चिन्ने गरेका छन । उनी समाजसेवी पूर्वप्रधानपञ्च पनि हुन । उहीलेका हाम्रा पिडा अहिले सुख भन्दै नन्दबहादुरले पुल ढोग गरेका हुन ।
यस्तो पुल बनेर गाउँमा गाडी पुग्ला भन्ने मैले कल्पना नै गरेको थिइन् नन्दबहादुरले भावुक हुदै भने उर्लिदो कर्णाली नदीको भेलमा कष्टपूर्ण काठको तागुलो द्धारा बाबियाको लठ्ठामा झुण्डीएर वारपार गरयौ । सरकार दया भएर गाउ —गाउमा सडक पुरयाइदियो कर्णाली नदीमा यस्ता गाडी तर्ने पुल बने नन्दबहादुर सुनाए । नन्दबहादुरका अनुसार हाम्रा पाला गाउमा गाडी आउला भन्ने पटक्कै सोच थिएर हेर्दा हुदै घर आगनमै गाडी पुगे कर्णाली नदीमा तुइन हराए । असार साउनको उर्लिदो कर्णालीको भेलमा तुइन तर्न सारै कष्ट हुन्थ्यो नन्दबहादुरले भने घर नपुग्दा सम्म जहान परिवारले चिन्ता मानि रहन्थे ।
अहिले बेलिब्रिज बनेको स्थानमा उहीले तुइन थियो त्यही तुइनमा वारिपारि आउजाउ गर्ने गथ्र्यौ उनले सुनाए । पिपलमोडा बेलिब्रिज निर्माणले केबल नन्दबहादुर मात्र खुशी नभएर सिंगो सोरुबासीको मनमा खुशीयाली ल्याएको छ । २०३२ सालमा बर्दिया राजापूर बाट सिमेन्ट बोकेर फलामे औजार बोकेर पिपलमोडामा झोलुङ्गे पुल बनेर केही सजिलो भएपनि जोखिम उस्तै रहिरहेको नन्दबहादुरले बताए । साविकको नार्थपु गाविसका स्थानीयको जग्गा हुम्ला तुम्च गाउमा रहेको उक्त जग्गा बाली लगाउन खनजोत र टिप्न जा“दा कर्णाली नदीमा पुल नहुदा पहिले सारै दुःख खेप्ने बाध्य भिए ।
उहीले पारि हुम्लाको मकै गाउ र वारि मुगुको गुल्मा वारपार गर्न स्थानीयले काठको नाउ समेत बनाएर आउजाउ गर्ने गथ्र्ये ।हुम्ला र मुगु जोड्ने यो बेलीब्रिजले केवल दूरी घटाएको मात्र छैन कि सिंगो सोरुबासी भरोसा बढाएको सोरु गाउ“पालिकाका अध्यक्ष धर्मबहादुर शाहीले बताए ।हामी कर्णाली राजमार्ग सित जोडियौ अध्यक्षले भने शहर बाट समान ल्याउन सजिलो भयो औषधि उपचार गर्न बिधार्थीलाई पढन जान शहर जान सजिलो भयो । पिपलमोडामा बनेको बेलिब्रिजले सोरुबासीको समृद्धि ढोका खोलेको अध्यक्ष शाहीको भनाई छ ।
स्थानीयले उत्पादन गरेको कोदो, कागुनो ,चिनो, सिम ,मास सजिलै शहर निर्यात हुन थालेपछि सोरुबासी उक्त बेलिब्रिज प्रति हर्षित देखिएका छन । स्थानीय खाद्य उत्पादन खरिद गर्न शहर बाट पैसा बोकेर ब्यापारी बर्ग घर दैलोमै पुग्न थालेका छन । पिपलमुडामा पुल बनेर गाडी गाउ“ पुग्न थालेपछि ब्यापारीहरु सिमी कागुनो किन्न घरमै आउन थालेको जवलधारा गाउ“की झुपू मल्लले बताइन । यो बर्ष मेरो ६ क्वीन्टल कागुनो किनेर ब्यापारीले दिएको उनको भनाई छ । पहिले बिरामी परे सदरमुकाम गमगढी जानु पथ्र्यो त्यहा उपचार सम्भव नभए जहाज मार्फत नेपालगन्ज वा काठमाडौं जानुपथ्यो कष्ट बाट सोरुबासीलाई सहज भएको छ । अब जोखिम खालका बिरामीलाई कर्णाली करिडोर बाटै एक्कै दिन सुर्खेत प्रादेशी अस्पताल सुर्खेत पु¥याउन सकिने स्थानीयको भनाई छ ।
नेपालगञ्ज, सुर्खेत बाट मालबाहक ट्रक यात्रुबाहक गाडी जिप सिधै सोरु गाउ“पालिका पुग्ने थालेका छन । पहिले सोरुका स्थानीय सुर्खेत नेपालगञ्ज जान जिप चढेर गमगढी पुग्ने र त्यहा बाट कर्णाली राजमार्ग भएर जाने गर्थे भने अहिले गाउ“ बाटै सवारी साधन चढेर शहर पुग्ने गरेका छन ।कर्णाली प्रदेश सरकारको ४ करोड ५१ लाख बजेटमा जलप ⁄ रबिचक्र जेभिले सोरु गाउपालिका संग सम्झौता गरि ४८ मिटर लम्बाई रहेको उक्त बेलिब्रिज निर्माण गरेपछि दुर्गम सोरु गाउँपालिका कर्णाली करिडोर सित जोडिएको छ । पूल निर्माण भएको लामो समय सम्म पनि कम्पनीले पालिका संग पुरै रकम भुक्तानी पाउन सकेको छैन ।पिपलमुडा बेलिब्रिज निर्माणको कुल सम्झौता रकम मध्ये १ करोड ४३ लाख अहिले सम्म पालिकाले भुक्तानी नदिएको कम्पनीका निर्देशक बखतबहादुर मल्लले बताए । काम सम्पन्नको बील भरपाई पालिकामा पेस गरि सकेका छौ तर अहिले सम्म रकम भुक्तानी दिएको छैन मल्लको भनाई छ ।