शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • समाज
  • जाडो मौसममा तातोपानी कुण्डमा नुहाउँदा शरिरलाई फाइदा

जाडो मौसममा तातोपानी कुण्डमा नुहाउँदा शरिरलाई फाइदा

  • बिहिबार, पुस ३, २०८२
जाडो मौसममा तातोपानी कुण्डमा नुहाउँदा शरिरलाई फाइदा

मुगु —जाडो मौसममा तातोपानी कुण्डमा नुहाउदा शरिरलाई फाइदा हुने बिश्वास छ । जमिन बाट निस्केको बाफयुक्त तातोपानीले नुहाउदा शरिर दुख्ने, रागन लगायत रोग निको हुने स्थानीय बुढापाकाको भनाई छ । जाडो मौसममा तातोपानीमा नुहाउदा शरिरको रोग निको हुने बिश्वासले स्थानीय तातोपानी कुण्डमा नुहाउन भीड लाग्ने गरेका छन ।

बिशेष गरि मंसिर अन्तिम देखि माघ १५ सम्म तातोपानी कुण्डमा नुहाउनेको चहलपहल देखिने गरेको छ ।
यति बेला जाडो बढे संगै कर्णाली नदीका किनारमा रहेका तातोपानी कुण्डमा नुहाउन स्थानीयको भीड लाग्ने गरेको छ । बिशेष गरेर माघी सक्रातिका दिन तातोपानी कुण्डमा मानविय चहलपहल बढी हुने गरेको छ
घरका धारा देखि खोला सम्मको पानीमा बरफ जमेर नुहाउन कपाडा धुन कठिनाई हुन थालेपछि महिला पुरुष युवायुवती बुढापाकाहरु तातोतानी कुण्डमा जाने गरेका छन ।

छायाँनाथ रारा नगरपालिकाको रुगा भुसेकुना र सोरु गाउँपालिको जिमा कुलाहा र हुम्ला सर्केगार्ड गाउँपालिको हुम्ला चंखेली गापालिकाको सरिसल्ला तातोपानी कुण्डमा नुहाउँन महिला पुरुष बुढापाका युवा बिधार्थी कर्मचारी र स्थानीयको घुइचो लाग्ने गरेका् छजाडोले धाराको पानीले नुहाउँन नसकिने अबस्था आएपछि रुगा ,थार्प ,इमा, निगाले हेन्निकाँध, श्रीनगर र भामबाडा गाउँ अधिकास महिला, पुरुष बिधार्थी कपाडा र साबुन बोकेर भुसेकुना तातोपानी जान थालेका छन ।
चिसो बढेसंगै भूसेकुना तातोपानी कुण्डमा नुहाउँन स्थानीयको भीड लाग्न थालेको छायाँँनाथ रारा नगरपालिका थार्प गाउँँका रामलाल बोहोराले जानकारी गराए .

जमिन मुनि बाट निस्कने बाफिलो र नुनिलो तातो पानीमा नुहाउदा शरिर दुख्ने रागन शरिर चिल्याउँने अनुहारमा देखा पर्ने दाद लगायत रोगहरु निको हुने परम्पराको बिश्वासले तातो पानीमा भीड लाग्ने गरेको छ बिशेष गरि पुस र माघ महिनामा तातोपानी कुण्डमा मानविय चहलपहल बढी हुने सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले भने तातोपानी कुण्डमा नुहाउदा रागन निको हुने भन्ने बिश्वास छ ।

जाडो बढेपछि सोरु गाउँ पालिकाको जिमा कुलाहा तातोपानी कुण्डमा पनि नुहाउँन नार्थपु, कालै, रारा, सिप, धैनकोट, पुरुमुरु, सिप ख्याल्च, रारा गिलाहा, लगायत बस्ती बाट महिला बुढापाका युवायुवतीको ओइरो लाग्न थालेको छ । जाडो बढे संगै जिमा कुलाहाँँ तातोपानी कुण्डमा मानविय चहपहल बढेको सोरु गाउँँपालिका–९ का वडाअध्यक्ष सागरसम्शेर शाहीले बताए ।

गर्मीको समयमा सुनसान हुने तातोपानी कुण्डहरु हिजोआज जाडो बढेपछि स्थानीयको भीड देखिन थालेको उनको भनाई छ । हिजोआज गाउँँ भन्दा तातोपानी क्षेत्रमा मानविय चहलपहल निकै बढदा रमाइलो देखिने थालेको छ ।तातो पानीका नुहाँउन भएका स्थानीयले देउडा खेलेर रमाइलो समेत गर्ने गरेका छन । बुढापाकाहरु नुहाँउदै आगो बालेर ताप्दै शरिरमा तेल घस्दै गरेर आनन्द लिने गरेका छन ।छिमेकी हुम्ला लुमछहरा तातोपानीमा नुहाउँन मुगुको फोतु, भीई, नार्थपु, त्यसै गरि हुम्लाको श्रीनगर, तुम्च, जैर, कल्खे गाउँ बाट दिनहु महिला पुरुष युवा बुढापाका जाने गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार