मुगु —अक्कल कोपिला फाउन्डेसन मुगुले यहाका दुर्गम बस्तीहरूमा अध्यायनरत विद्यार्थी, अपाङ्गता भएका व्यक्ति तथा एकल वृद्ध–वृद्धालाई लक्षित गरि न्यानो कपडा र शैक्षिक सामग्री उपलब्ध गराउदै आएको छ । फाउन्डेसनका संस्थापक बोहराकी पत्नी कोपिलाको नेतृत्वमा संचालित कार्यक्रमले स्थानीय प्रति उत्साह जगाएको छ ।
मुगु थार्प गाउ स्थायी घर भएका हाल स्पेनको कोस्टा ब्लाङ्कामा बसोबास गर्दै आएका बोहराका दम्पतीले आफ्नै बाल्यकालमा भोगेका दुःख, कष्ट समस्यालाई मध्येनजर गर्दै मुगुका बिपन्न बर्ग गरिव बिधार्थीलाई सहयोगको निरन्तरता दिएको छ ।दुर्गम गाउँ बस्तीमा शिक्षा, स्वास्थ्य र आधारभूत सुविधाको अभावलाई नजिकबाट बुझेकी कोपिलाले बस्ती र विद्यालय पुगेर विद्यार्थीहरूलाई कापी–कलम, शैक्षिक सामग्रीका साथै जाडोबाट जोगिन न्यानो कपडा वितरण गरेकी छन ।
फाउन्डेसनले विशेष गरि यस जिल्लाको छायानाथ रारा नगरपालिकाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गर्दै आएको छ भने अपाङ्गता भएका व्यक्ति र एकल वृद्धवृद्धालाई समेत आफूले सक्ने जति सहयोग गदैए आएको संस्थापक अक्कल बोहराले बताए ।
केही दिनअघि मात्रै यस नगरपालिका— १० मा स्थानीयवासीले भोग्दै आएको खानेपानी संकट समस्यालाई मध्येनजर गरि पानीको धारा निर्माण सहयोग गर्नुका साथै करिब १ सय ७२ जना विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरेको फाउण्डेसनले जनाएको छ ।फाउन्डेसनकी प्रतिनिधि कोपिलाले भनिन् हामीले सक्ने जति सहयोग गरेका छौ अझै यो सहयोग निरन्तरता दिने प्रयास गर्ने छौम सुगम क्षेत्रमा जम्मेर हुर्केकी भएपनि दुर्गम बस्तीका गरिव बिपन्न बर्गका समुदायलाई सहयोग गर्ने उदेश्य राखेकी छु ।