मुगु– राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय सदस्य खुश्बु ओलीलाई काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट पहिलो नम्बरमा सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ओलीलाई काठमाडौँ ९ बाट पहिलो नम्बरमा नाम सिफारिस भएको छ । राजनीति सँगै ओली सामाजिक कार्यमा पनि सक्रिय रहनु भएको छ । प्रत्यक्षतर्फ ओलीसँगै क्षेत्र नम्बर ९ बाट ५ जनाको नाम सिफारिस भएको छ । जस अन्त्र्रगत इन्दिरा मिश्र, दिलिप कार्की,देवेन्द्र प्रधान र रघुराज राजभण्डारीको नाम सिफारिस भएको छ ।समानुपातिकतर्फ जित बहादुर लामा, नवराज कार्की, जयराम खात्री, कृष्ण बहादुर बज्राचार्य, आनन्द प्रकाश श्रेष्ठल गायतको नाम सिफारिस गरिएको छ ।