शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • राडीपाखी बुनेर आम्दानी

राडीपाखी बुनेर आम्दानी

  • सोमवार, पुस ७, २०८२
राडीपाखी बुनेर आम्दानी

मुगु छायानाथ रारा नगरपालिका स्थित झयारी गाउका एक बृद्धा घरको क्षतमा राडीपाखी  बुन्दै । भेडाबाख्राको उन संकलन गरि राडीपाखी बनाएर बेच्ने र त्यस बाट आएको पैसाले खर्चको जोहो टार्ने गरेका छन । प्रति राडीपाखीको मुल्य ४ हजार ५ सयमा बेच्ने गरेको स्थानीयको भनाई छ । हिउदे जाडो मौसममा न्यानो हुने हिसावले ग्राहकले राडीपाखा किन्ने गरेका छन । एक राडीपाखा बनाउन कम्तीमा १५ दिन समय लाग्ने गरेको छ । गाउबस्तीमा बुनेका राडीपाखी शहरमा लिएर बेच्ने र कोही गाउमै बेच्ने गरेका छन । जेठ र असार र कार्तिकमा भेडाबाख्राको उन निकाले राडीपाखा बुन्ने चलन छ । बिशेष गरेर उच्च लेकाली बस्तीका स्थानीयले भेडाबाख्रा बढी पाल्ने र उन संकन गरि राडीपाखी बुनेर मुख्य आम्दानी गर्ने गरेका छन । बिशेष गरेर हिउद महिनामा बुढापाखाहरु राडीपाखा बुनेर समय बिताउने गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार