मुगु —धनुष बाण खेल प्रति युवाको आक्रषण बढदो छ । यो खेल प्राय जनजाति युवाहरुले ल्होसार चाडपर्वमा खेल्ने चलन छ । सार्वजनिक चौर खेलमैदान बाझो जग्गा जमिनमा युवाहरु भेला भएर धनुष बाण खेले रमाउन मज्जा लिने गरेका छन । बासको चोया बाट बनेको धनष बाण सय मिटर टाढा तारो तारो हानेर खेल्न जित्ने वा हार्ने निर्णय गरिन्छ । जसले तोकिएको चिन्हमा धनुष बाण लगायो उही बिजेता घोषणा गरिन्छ ।
धनुष बाण खेलमा जनजाति युवाहरुले पैसा रक्सी छयाङ राखेर खेलको मज्जा लिने चलन छ । बिशेष गरि बौद्ध धर्मालम्बिहरुको पर्व ल्होसारमा युवा बर्गले धनुष बाण खेल्ने गरेको मुगुम कार्मारोङ गाउपालिकाका अध्यक्ष छिरिङक्याने लामाले बताए ।उहीलेको जस्तो अहिले धनुष बाण खेल पनि बिस्तार हराउदै गएको उनको भनाई छ ।
रोजगार तथा पढाईको सिलसिलामा युवाहरु पलायन हुन थालेपछि धनुष बाण खेल पनि ओझेलमा पर्न थालेको छ । ल्होसार पर्वमा कार्मारोङ गाउपालिकाको जनजाति बस्तीहरुमा यो धनुष बाण खेल्ने परम्परा चलन भएपनि बिस्तारै न्यून हुदै आएको छ । धनुष बाण खेल संरक्षणमा आबश्यक देखिएको खेलाडीहरुको भनाई छ । जिल्लास्तरमा भलिबल, फुटबल, दौड, लगायत खेलकुदको प्रतियोगिता हुने गरेपनि धनष बाण खेल प्रतियोगिता अहिले सम्म नभएको खेलप्रेमीको भनाई छ ।