मुगु— नेपालको उत्कृट पर्यटकिय गन्तब्य चितवन सौराहमा हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ शुक्रबार देखि सुर भएको उक्त महोत्सव पुस १३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।हात्ती तथा पर्यटन महोत्सवको उदघाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बनियाँले गरेका छन । यस महोत्सवको प्रमुख उद्देश्य नै सौराहामा आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढाउनु रहेको मुख्यमन्त्री भनाई छ । चितवन सौराहमा सुरु गरिएको हात्ती महोत्सवले पर्यटन प्रवद्र्धनसँगै स्थानीय संस्कृति, जैविक विविधता र हात्ती संरक्षणको सन्देश विश्वसामु पु¥याउने आसा गरिएको छ ।