मुगु— नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खडकाले गुरुङ समुदायको पर्व तमु ल्होसारको पावन अवसरमा नेपाली कांग्रेस र मेरो ब्यक्तिगत तर्फ बाट स्वदेश तथा विदेशमा रहनु हुने नेपाली दाजुभाई दिदी बहिनीलाई सुस्वास्थ्य दिर्घायू उत्तर उत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको छ ।
शुभकामना सन्देशमार्फत खड्काले तमु ल्होसारले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना मजबुत बनाओस उल्लेख गर्नु भएको छ ।
कार्यवाहक सभापति खड्काका दिएको शुभकामना सन्देशमा तमु ल्होसारले तमु जातिको धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा सबैलाई प्रेरित गर्ने बताएका छन ।ल्होसारलाई तमु समुदायको नयाँ वर्षका रूपमा मनाइने ऐतिहासिक र सांस्कृतिक पर्व भएको उहाको भनाई छ । कार्यवाहक सभापति खड्काका अनुसार यस्तो पर्वले नेपालीबीच आपसी विश्वास र एकताको भावनालाई थप प्रगाढ बनाउने उल्लेख गरेका छन ।