फोटो सौजन्य कविराज कार्की मुगु
मुगु —आज बाट इस्वी संवतको नयाँ वर्ष सन् २०२६ शुरु भएको छ । नेपाली सहित विश्व भरका मानिसले एक आपसमा शुभकामना आदान प्रदान गरि नयाँ वर्ष रमझमका साथ मनाउदै छ । ग्रेगोरियन पात्रो अनुसार सन् २०२५ को बिदाइ र नयाँ वर्ष सन् २०२६ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना गरि खुशीका साथ मनाइदै छ । पछिल्लो समय नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ ।नया बर्ष मनाउन शहरतिरको होटल रिर्सोट र पर्यटकिय गन्तब्यहरुमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ ।