शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • देश
  • कांग्रेसले महाधिवेशन आगामी वैशाख २८–३१ गते गर्ने प्रस्ताव पारित

कांग्रेसले महाधिवेशन आगामी वैशाख २८–३१ गते गर्ने प्रस्ताव पारित

  • शुक्रबार, पुस १८, २०८२
कांग्रेसले महाधिवेशन आगामी वैशाख २८–३१ गते गर्ने प्रस्ताव पारित

मुगु —नेपाली कांग्रेसको १५औं महाधिवेन आगामी वैशाख २८–३१ गतेसम्म गर्ने प्रस्ताव पारित भएको छ । शुक्रबार कांग्रेस केन्दीय कार्यालय सानेपा ललितपुरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशन आगामी वैशाख २८–३१ गते गर्ने प्रस्ताव पारित गरेको छ ।कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पेश गरेको नयाँ कार्यतालिकामा २०८३ साल वैशाख २८–३१ मा काठमाडौंमा महाधिवेशन गर्ने उल्लेख छ ।

जस अनुसार चैत्र २१ गते गाउँ नगर वडा अधिवेशन, चैत्र २५ गते गाउँ नगरपालिका अधिवेशन, चैत्र २८ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, २०८३ को बैशाख २ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन÷ एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन, बैशाख ५ गते दुई वा दुई भन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्ला अधिवेशन, बैशाख १०, ११ र १२ गते प्रदेश अधिवेशन गर्ने तालिका पेश भएको छ । कार्यवाहक सभापति खड्काले काग्रेसको विधानकोधारा ४३ अनुसार पार्टीका सबै तह र निकायका पदाधिकारी र सदस्यको पदावधि २०८३ जेष्ठ मसान्तसम्म थप गर्ने प्रस्ताव गरेको छ । पुस २६(२८ सम्मको महाधिवेशन तालिका अनुसार महाधिबेसन नहुने अबस्था आएपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी बैशाख २८ देखि ३१ गते सम्म गर्ने प्रस्ताव पारित गरेको छ ।,

चर्चामा

सम्बन्धित समाचार