शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • देश
  • आज बाट श्रीस्वस्थानी ब्रतकथा प्रारम्भ

आज बाट श्रीस्वस्थानी ब्रतकथा प्रारम्भ

  • शनिबार, पुस १९, २०८२
आज बाट श्रीस्वस्थानी ब्रतकथा प्रारम्भ

मुगु —हिन्दू नेपाली नारीहरुद्वारा परापूर्व कालदेखि मनाउँदै आएको . श्रीस्वस्थानी व्रतकथा प्रारम्भ भएको छ ।विवाहित महिलाहरुद्वारा आफ्नो पतिको सुस्वास्थ्य र दीर्घायु अनि अविवाहित महिलाहरुद्वारा आफ्नो भावी पति अशल होस् भन्ने प्रार्थनास्वरूप यो व्रत बस्दै आएको पाइन्छ ।प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाका दिनदेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत बस्ने गरिन्छ ।

उक्त अवधिभरि श्रद्दाभक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजाआराधना गरी स्वस्थानीको कथा सुन्ने सुनाउने प्रचलन रहेको पाइन्छ ।स्वस्थानी कथा अनुसार सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिङ्ग बनाई एक महिनासम्म श्री स्वस्थानीको व्रत लिएपछि आफ्नो मनोकांक्षा पूरा भएको हुँदा श्री स्वस्थानी व्रतकथा मनाउन शुरु गरिएको उल्लेख छ ।

स्वस्थानी शव्द “स्व” र “स्थान” गरी दुई शव्दमा “ई” प्रत्यय लागेर बनेकोछ जसको अर्थ हुन्छ स्वस्थान वा आफ्नै स्थानमा रहने देवी भन्ने बुझिन्छ ।स्वस्थानीको व्रत बस्नाले यस लोकमा सुख, सम्वृधि प्राप्त हुने र मृत्युपछि पनि कैलाशमा वास हुने विश्वास गरिन्छ । यस पर्वमा महिलाहरु बिहानै उठेर स्नान गरी नित्य मध्यान्न महादेवको पूजा गर्ने गर्दछन् भने कतिपय महिलाहरुले एक महिना सम्म व्रत बस्ने गर्दछन् ।

नेपालमा यसै समयमा शालीनदी लगायतका विभिन्न पवित्र स्थानमा गएर स्नान गरी श्री स्वस्थानी माताको पूजा अर्चना गर्नेको घुइंचो लाग्ने गर्दछ ।काठमान्डौ भित्रै पर्दछन् । जस्तै गुह्वेश्वरी, गोकर्ण, श्लेषमान्तक वन, किरांतेश्वर, गौरीघाट, वाग्मती नदी, शालीनदीजस्ता क्षेत्रहरुको स्वस्थानीको कथामा उल्लेख गरिएका स्थानहरु हुन् ।३१ भागमा विभाजन गरिएको स्वस्थानी व्रतकथाका केहि कथाहरु स्कन्दपुराणबाट लिएकाछन् त्यसैले प्रत्यक अधायको अन्तमा इति श्रीस्कंदपुराणे केदारखंडे माघ्मात्म्य श्रेस्वस्थानी व्रताकथायाम… भन्ने गरिन्छ ।

चर्चामा

सम्बन्धित समाचार