शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • देश
  • बिकास गाउँतिर, गाउँले शहरतिर

बिकास गाउँतिर, गाउँले शहरतिर

  • शनिबार, पुस १९, २०८२
बिकास गाउँतिर, गाउँले शहरतिर

मुगु – रोजगारी औषधि उपचार गुणस्तरीय पढाई लगायत सेवा सुबिधा खोज्दै गाउँले धमाधम शहरतिर पलायन हुन थालेपछि दुर्गम गाउँबस्ती सुनसान भएका छन । सरकारले बिकास निर्माणका काम गाउँबस्ती सम्म पुरयाए पनि बढदो बेरोजगारीका कारण स्थानीय शहर पलायन भएका छन । हिमाली जिल्ला मुगु, जुम्ला, डोल्पा, हुम्ला, लगायत जिल्लाका गाउँबस्तीहरु युवा बिहिन छन । सरकारले युवा पलायन रोक्न बिशेष गरि रोजगारीका कार्यक्रम ल्याउन नसके अबको ५ बर्ष भित्र गाउबस्ती युवा बिहिन हुने भनाई छ । दुर्गम बस्तीमा सडक सुबिधा टेलिफोन सुबिधाको सेवा प्रबाह भएपनि बेरोजगारीलेको समस्या भयाबह बन्दै गएको छ । गाउ बाट युवा बर्ग पलाया भएपछि बुढापाका अशक्तहरु मात्र छन । शहर पसेका युवा भन्छन गाउमा कसरी बस्ने रोगजार कुनै अबसर छैन । गत बर्षको तुलनामा यो बर्ष अझ बढी युवाहरु शहर पलायन भएका छन । गाउमा युवाहरु छैनन बुढापाकाहरु मात्र छन मुगुका एमाले नेता डिल्ली प्रसाद भटटले भने युवा पलायन कसरी रोक्ने भन्ने ठूलो चुनौती खडा भएको छ । गाउ पुरै खाली छन उनी भन्छन बेरोजगारी नै प्रमुख समस्या हो । चुनावमा भोट हाल्ने मान्छे गाउमा छैनन भटटको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार