शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • देश
  • प्रतिनिधिसभा निर्वाचन, : डेढ लाख निर्वाचन प्रहरी भर्ना गरिदै

प्रतिनिधिसभा निर्वाचन, : डेढ लाख निर्वाचन प्रहरी भर्ना गरिदै

  • मङ्लबार, पुस २२, २०८२
प्रतिनिधिसभा निर्वाचन, : डेढ लाख निर्वाचन प्रहरी भर्ना गरिदै

मुगु —आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि डेढ लाख निर्वाचन प्रहरी भर्ना गर्न तयारी गरिएको छ ।प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरर्थाका लागि १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गर्न सरकारले अनुमति दिएको छ ।सरकारले निर्वाचन प्रहरी भर्ना छनोट नियुक्ति र परिचालन सम्बन्धी मापदण्ड २०८२ स्वीकृत गरेसँगै डेढ लाख निर्वाचन प्रहरी भर्ना प्रकृया अघि बढाइएको छ ।

उक्त निर्वाचन प्रहरीका लागि १० दिन तालिम र ३० दिन कार्यस्थलमा खटिने गरि निर्वाचन प्रहरी भर्ना, छनोट नियुक्ति र परिचालन सम्बन्धी मापदण्ड स्वीकृत भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।गृह मन्त्रालयका अनुसार नेपाल प्रहरी मातहत रहने गरी १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बल मातहत १५ हजार १ सय १० परिचालन हुने गरी मापदण्ड स्वीकृत गरिएको हो ।भर्ना हुने निर्वाचन प्रहरी र सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलब, पोसाक लगायत सेवा सुविधा उपलब्ध गराइने गृहमन्त्रालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार