मुगु —पूर्वराजा ज्ञानेन्द्र शाहले जनता सक्षम भए मात्र देश बलियो हुने बताउनु भएको छ ।३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिदै पूर्बराजा शाहले स्वदेशी पुँजी पलायन रोक्न नसके मुलुक असफलताको संघारमा पुग्न सक्ने बताएका छन । देशको वर्तमान अवस्था प्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले देश बच्ने हो कि होइन भन्ने निराशा पैदा भएको बताएका छन ।
पूर्बराजा शाहले शन्ति र समृद्धिको सपना देखाएर सत्तामा पुगेका दलहरूले देशलाई संकटमा धकेलेको बताएका छन । हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको उहाको भनाई रहेको छ ।पूर्बराजा शाहले गत भदौको जेन–जी आन्दोलनको संकेत गर्दै युवा पुस्ताको आवश्यकता र भावनालाई सम्बोधन नगर्दा विद्रोहको रूप लिन बताएका छन ।शाहवंशीय राजसंस्थाले सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिको रूपमा काम गरेको बताएका छन ।
उहाले शुभकामना सन्देशमा जनताले सुम्पेको जिम्मेवारीबाट राजसंस्था विमुख हुन नसक्ने बताएका छन । पूर्बराजा शाहले राष्ट्रिय सहमति बिना निकास खोज्नु समय खेर फाल्नु मात्र हो बताएका छन । असन्तुलित परराष्ट्र नीतिले राष्ट्रिय हितमा गम्भीर असर पुगेको भन्दै पूर्बराजा शाहले नेपालका लागि शान्तिको कवच’ नै सही छहारी हुने बताएका छन । देशबाट जनशक्ति पलायन हुँदै जानुले देशको भविश्यबारे निराशाको संकेत दिइरहेको पूर्बराजा शाहको भनाई छ ।