मुगु —जिल्लाको एक मात्र छायाँनाथ रारा नगरपालिकाले पाँच वटा विधेयक पारित गरेको छ । रारा नगरपालिकाको १८ औं नगर अधिवेशन विधेयक सभामा विधान सभाको रुपमा लिएर पाँच वटा विधेयक पारित भएको नगर प्रमुख बिष्णु कुमार भामले बताउनु भयोनगरले पारित भएका विधेयकमा छायानाथ रारा नगरपालिकाका एकल तथा दलित महिला जिविकोपार्जन सुधार कार्यक्रम सञ्चालन कार्यविधि–२०८२ , रारा नगरपालिका युवाक्लब गठन तथा सञ्चालन सम्बन्धि कार्यविधि–२०८२ , लैगिंक समानता र अपांगता सामाजिक समावेशिकरण रणनिति–२०८२ , नगर प्रमुखको श्रमदान अभियान कार्यान्वयन सम्बन्धि कार्यविधि–२०८२ र बालविवाह न्युनीकरण रोकथाम नीति–२०८२ कार्यविधिहरु विधेयक रहेका छन ।