शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • देश
  • बर्षा र हिमपात नभई सकियो पुस

बर्षा र हिमपात नभई सकियो पुस

  • बुधबार, पुस ३०, २०८२
बर्षा र हिमपात नभई सकियो पुस

मुगु—मुगुम कार्मारोङ गाउपालिका—२ का फुन्जोक तामाङले पुस महिना बितिसक्दा पनि हिउ देख्न नपाउदा अचम्म मानेका छन ।पुस महिनामा हिउले घर आगन देखि बनपाखा भिर पखेर बोट बिरुवा सेताम्य देखिने अबस्थामा यो पटक पुस महिना बितिसक्दा हिमपात नहुदा फोन्जोकलाई मनमा निराशा छाएको छ । पुस महिना सकियो बर्षा र हिमपात भएन फोन्जोकले भने खडेरी हुने भयो । हिउले सेताम्य देखि हिमाल डाडापाखा अहिले सुक्खा देखिएको उनको भनाई छ ।
पुस महिना लागेपछि हिउ“ पर्ला भन्ने आसा गरेका थियौ फोन्जोक भन्छन अब पुस पनि सकियो न बर्षा भयो नत हिमपात भयो ।

बिगत बर्षहरुमा मुगुम कार्मारोड. गाउपालिकाको माथिल्ला मुगु, चितै, डोल्फू, कार्ति, किम्री लगायत बस्तीहरु हिमपातले सेताम्य देखिन अहिले सुक्खा छन । उक्त क्षेत्रमा पनि खडेरीले सुक्खा देखिएको छ । समुद्री सतह करिव ४५ सय माथिका छाया“नाथ तिर्थस्थल क्षेत्र, ऋणीमोक्ष क्षेत्र, कोइकी हिमाल पनि सुक्खा छन । हिमपात र बर्षा नहुदा नदी तालको पानीको सतह घटदै गएको छ । पुस महिना बितिसक्दा पनि बर्षा र हिमपात नहुदा किसानहरु निराश देखिएका छन ।

सुक्खा चिसो धुलोले जनजीवन प्रभावित बनेको छ । किसानको जौ गहु बाली सुक्दै गएको छ । यो पटक खडेरीले अनिकालको लक्ष्य देखा परेको किसानको भनाई छ । बर्षा र हिमपात नहुदा खडेरीले निराशा छाएको सोरु गाउ“पालिका ६ का शिक्षक बिक्रम शाहीले बताउनु भयो । जलबायु परिर्वतनको असरले हिउ टाढिदै गएको उनको भनाई छ । खडेरीले यो बर्षा गहु र जौ बाली उत्पादनमा ह्रास आउने किसानको भनाई छ ।
खडेरीले अन्नबालीमा मात्र नभएर जडिबुटी फलफुल उत्पादनमा पनि गिरावट आउने संकेत देखा परेको छ । पुस महिना लाग्दा बितिकै सेताम्य हिउ“ले सेताम्य देखि पर्यटकिय स्थल रारा अहिले सुक्खा छ । पुस सकिदा सम्म रारामा हिउ नपरेको निकुञ्जमा कार्यरत रेन्जर रनबहादुर रोकायाको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार